मकवानपुरमा काँग्रेसद्वारा मनोनयन दर्ता, १ नम्बरमा कमल थापालाई समर्थन
हेटौँडा, १६ कात्तिक । नेपाली काँग्रेस मकवानपुरले यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावकाल लागि मनोनयन दर्ता गराएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर पुगेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीका अनुसार काँग्रेसले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापालाई समर्थन गरेको बताएका छन् । उनका अनुसार क्षेत्र नम्बर १ बाट इन्द्रबहादुर बानियाँ समेत अहिले थापालाई समर्थन गर्न पुगेका छन् । काँग्रेसबाट उम्मेदवारी दर्ता गराउनेहरु यसप्रकार छन्–
प्रतिनिधिसभा सदस्य तर्फ
प्रतिनिधिसभा क्षेत्र नंबर १–कमल थापा (राप्रपा)
प्रतिनिधिसभा क्षेत्र नंबर २–महालक्ष्मी डिना उपाध्याय
प्रदेशसभा सदस्य तर्फ
प्रदेशसभा क्षेत्र नंबर १ (क) –धर्म लामिछाने
प्रदेशसभा क्षेत्र नंबर १ (ख) –अशोकराज शाक्य
प्रदेशसभा क्षेत्र नंबर २ (क) –यतिराज सापकोटा
प्रदेशसभा क्षेत्र नंबर २ (ख)–धनबहादुर बानियाँ