काँग्रेसबिनै उम्मेदवारी दर्ता गराएका थापाले पछि यसोे भने

तु खबर संवाददाता
२०७४ कार्तिक १६,बिहीबार ११:१२

मकवानपुर, १६ कात्तिक । उपप्रधान तथा उर्जा मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका कमल थापाले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको समर्थनमा सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने भने पनि उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्दा राप्रपाका समर्थक बाहेक काँग्रेसका कोही पनि थिएनन् ।

काँग्रेसका कार्यकर्ता र नेताबिनै उम्मेदवारी दर्ता गराएका थापाले केही घण्टापछि सानसँग आफूलाई काँग्रेसले समर्थन गर्छ भन्ने कुरामा ढुक्क रहेको सुनाए । पछि पुनः नेपाली काँग्रेसको समर्थनमा जिल्ला सभापति इन्द्रबहादुर बानियाँसहितका काग्रेसजनले सामुहिक तस्बिर पनि खिचाए ।

थापाको बिषयमा काँग्रेस मकवानपुरमा  ठूलो असन्तुष्टी थियो । काँग्रेसका जिल्ला उपसभापतिसहितका नेताहरुले कमल थापालाई सहयोग  गर्न नसकिने भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए । थापाले संचारकर्मीहरुहरुसँग कुराकानी गर्दै आफु धर्मकर्ममा  आस्था राख्ने मानिस भएको कारण आफुलाई काँग्रेस मकवानपुरले सर्मथन गर्ने विश्वास  पहिलेनै भएको बताए ।

राप्रपाकै तर्फबाट उम्मेदवारी दर्ता गर्नुको कारण भने पार्टीको प्राबिधिक त्रुटी रहेको समेत उनले बताए । चुनाव चिन्ह गाई भएतापनि आफुलाई काँग्रेस मकवानपुरको पुर्ण रुपमा समर्थन रहेको समेत उनले दाबी गरे । शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र नभएकाले आफूले गाई चिन्हमा चुनाव उठ्नु परेको दाबी थापाको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*