चुनौती थप्ने निश्चित छ
- ओम घलान
नेपालमा ढिलो नै भए पनि वाम एकताको प्रक्रिया साङ्केतिक रुपमा सुरु भएको छ । यसलाई केवल वाम एकताको सीमित घेरा र सतही ढंगले ध्रुवीकरणको हुईय्याॅ गर्नेहरु पनि छन् । के हो वाम एकता ? त्यसको उन्मुखता, मर्म, उद्देश्य र लक्ष्य के छ ? हामीले यी लगायत थुप्रै महत्वपूर्ण बिषयहरुमा मन्थन गर्न जरुरी छ ।
वाम एकताको कुरा नेपाली कम्युनिष्ट आन्दोलनमा पुरानो र रोमाञ्चक छ । यो सकारात्मक र आवश्यक रहँदा रहॅदै पनि सफलिभूत परिणाममुखी हुन नसकेको दुखद इतिहास हामीले भोग्नुपरेको छ । यसो हुनुमा कुनै व्यक्ति विशेष वा नेतृत्वको कारण हो भन्ने मलाई लाग्दैन । यहाँको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक साथै भौगोलिक भूबनावट जस्ता पक्षको प्रभाव गहिरो छ भन्ने बुझ्न कुनै कठिनाइ छैन । यसलाई समयसापेक्ष परिवर्तन वा क्रमभङ्गमा फड्को मार्न गलतको पहिचान गरी सहीको निम्ति कठोर निर्णय गर्ने क्षमता र दूरदर्शी नेतृत्व नेपाली कम्युनिष्ट आन्दोलनमा खडेरी नै देखिन्छ । पुष्पलाल श्रेष्ठ , निर्मल लामा, मदन भण्डारी र पुष्पकमल दाहाल प्रचण्ड बाहेक कम्युनिष्ट सोच सहितको क्रान्तिकारीता स्पष्ट देख्न सकिदैन । बरु समय सापेक्षताको नाममा आत्मसमर्पण वा चरम पूँजीवादको पुच्छर बन्ने महाभूल समेत गरे । समाज विकासमा सर्वहारा विज्ञानको आधारभूत तथ्य र मर्मलाई समेत लत्याउदै कम्युनिष्ट आन्दोलनमा थप अस्पटता, अन्यौलता, निराशा पैदा गराउने गम्भीर त्रुटीहरु भएका छन् । जसकारण हामीलाई आज वाम एकताको कुरा पनि अनौठो कुरा र आकस्मिक लाग्दैछ । त्यसमा इतिहासको सामान्य अध्ययन पनि नगरि वाम एकताको विपक्षी बनेर वकालत गर्नु तुच्छ बौद्धिक हैसियत बाहेक केही होइन ।
विश्वमा कम्युनिष्ट पार्टीहरुको सत्तागमन पश्चात बाटो बिराउने र दक्षिणपन्थी बन्ने श्रृंखलाले क्रान्तिकारी ध्रुवीकरणको बहस छायाँमा परिरहेको नै छ । यो यति भयानक मनोवैज्ञानिक सवाल हो कि कम्युनिष्टहरू पनि कम्युनिष्ट व्यवस्थाको लागि लड्छन् तर व्यवस्था आए नआए सॅगै आफू कम्युनिष्ट हुन छाडिरहेका हुन्छन् । सत्ताको क्रान्तिकारी प्रयोग गर्नबाट वञ्चित भइरहेका हुन्छन् । यो सवाल केवल नेपाली कम्युनिष्ट आन्दोलनको दायरा भित्र पनि छैन । पूर्ण रुपले आफूले कम्युनिष्ट व्यवस्था ल्याएका मुलुकहरूमा पनि श्रेणी व्यवस्थामा परिणत हुने कुराले क्रान्तिकारी भरोसा गर्न र आशावादी हुन सकिरहेका छैनन् । हुन त हरेक बस्तुको स्वप्रकृया बिकास र क्रमभङ्गमा स्वस्फूर्त वा आत्मनिर्भरता मुख्य कुरा हो तर कुनै पनि बस्तुले दुरी पार गर्न गतिको खाँचो पर्छ त्यसको लागि बल प्रयोग अनिवार्य रहन्छ । त्यो बल प्रयोग मानव र मानव निर्मित साधनहरुबाट पैदा हुन्छ । यसको समुचित तालमेल विश्व कम्युनिष्ट आन्दोलनमा खड्किरहेको समस्या हो कि क्रान्तिको लागि मानव र मानव चेतना नै मूल कुरा हो । आयतित क्रान्ति सफल पनि हुन सक्दैन तर साध्यमा बहूसाधनको प्रयोग महत्वपूर्ण रहन्छ ।
मुलुकको राजनीतिक घटनाक्रम एउटा सुन्दर दिशातर्फ अघि बढिरहेको महशुस गर्न सकिन्छ । यो कुनै पार्टीको बहुमत वा गठबन्धनको दुई तिहाइ वा बहुमत प्राप्तको हिसाबले मात्र होइन कि नेपालमा रहेको बहूपार्टी अबस्था नियन्त्रण प्रक्रिया अघि बढेको छ यो वाम एकताको प्रक्रियाले । बहुदलीय प्रतिस्पर्धा भनेको दुई वा दुई भन्दा बढी दल बीचको प्रतिस्पर्धा भन्ने बुझ्नुपर्छ नकी राजनीतिक एजेन्डा र लक्ष्य उद्देश्य विना बाक्लो दाल खाने प्रतिस्पर्धा । यो राजनीतिक मनोदशाको उपचार बेला छॅदै नगर्ने हो भने अतित सॅग पश्चाताप गरेर वर्तमानमा निराश हुनु भन्दा ठुलो केही पनि प्राप्त गर्न सकिँदैन । त्यसैले सचेतपूर्वक अहिलेको वाम गठबन्धनलाई सकारात्मक दिशा तर्फ लैजान भूमिका निर्वाह गर्नु पर्दछ । अहिले जे हुने कोसिस भइरहेको छ त्यसलाई तत्कालीन स्थानीय अन्तरविरोध मात्र भन्दा पनि दीर्घकालिन लक्ष्य उद्देश्यको सवाल मूल बनाउन जरुरी छ ।
अहिलेको वाम तालमेल र एकता प्रक्रियालाई धेरैले आवश्यकता महसुस गरी स्वागत गरिरहेका छन् । चिन्ता र आशंकाहरु धेरै छन् । जिज्ञासाहरू थुप्रै छन् । सबै निराकरण गर्न तत्काल सकिदैन । तर गहन ढंगले छलफल गर्नै पर्दछ ।
स्वाभाविक देखिएका सबै कुरा सरल र सामान्य हुन्छ भन्ने मात्र होइन । त्यो असामान्य र जटिल पनि हुन सक्छ । क्रियाको प्रतिक्रिया भनेर वा ठानेर वाम एकताको सवालमा उठेका विभिन्न तरङ्ग, आशङ्का, जिज्ञासा र असन्तुष्टिहरु समुचित सम्बोधन र समाधान गर्न गम्भीर ढंगले लाग्न पर्दछ । तालमेल वा एकता आवश्यक छ । सबैलाई लागेको पनि त्यही छ तर त्यसको तत्कालीन व्यवस्थापन र दीर्घकालिन लक्ष्य उद्देश्यको निम्ति स्वाभाविक प्रक्रियालाई सकारात्मक दिशा दिन राजनीतिक, वैचारिक प्रशिक्षण जस्ता महत्वपूर्ण कुराहरू सहायक बन्न हुदैन । स्वाभाविकता र आवश्यकता, आवश्यकता र स्वाभाविकता बीचको सम्बन्ध वा द्वन्द्ववादलाई बुझपचाएर अघि बढ्न खोजे त्यसले सम्भावना भन्दा चुनौती थप्ने निश्च
-नेकपा(माओवादी केन्द्र)मकवानपुर जिल्ला कार्यलय सदस्य ओम घलान(प्रदिप)