नेपाल शिक्षक संघ मनहरीमा सुशील गौतम

तु खबर संवाददाता
२०७४ कार्तिक १८,शनिबार ०९:४२

मनहरी, १८ कात्तिक । नेपाली काँग्रेस निकटको नेपाल शिक्षक संघ मनहरीको पहिलो गाउँपालिका अधिवेशन भएको छ । अधिवेशनले संघको मनहरी गाउँपालिका अध्यक्षमा सर्वसम्मत सुशील गौतमलाई चयन गरेको छ ।

संघको नयाँ कार्य समिति सबै सर्वसम्मत चयन भएको जनाइएको छ । संघको उपाध्यक्षमा जयराम अधिकारी, महिला उपाध्यक्षमा जमुना रुपाखेती, सचिव ध्रुव सुनार, सचिव (अर्थ) चन्द्रबहादुर प्रजा, सहसचिव धनबहादुर मोक्तान, सहसचिव (महिला) सरिता नेपाल, सहसचिव (अर्थ) हरिशरण उप्रेती, सहसचिव (समावेशी) तुलबहादुर सुनार र सन्तोष घलान, उपसचिव (अर्थ महिला) मा सरस्वती पाठक चयन भएका छन् ।

त्यस्तै संघका सदस्यमा मधुसुदन सिग्देल, कलावती अधिकारी, मनोज चौलागाईँ, अर्जुन पण्डित, गोकुल घिमिरे, सरिता पाठक, जदगिश पोखरेल र प्रमिला कँडेल रहेका छन् ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभाको लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ एवम् प्रदेशसभाको लागि मकवानपुर क्षेत्र नम्बर २ को (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँको विशेष उपस्थितिमा शिक्षक संघको अधिवेशन भएको हो ।

शिक्षक संघका राजु घलेको संयोजकत्वमा भएको कार्यक्रममा शिक्षक नेता दीपकलाल खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए । शिक्षक संघको गाउँपालिका अध्यक्षमा चयन भएका गौतमले मुख्य योजना शैक्षिक सुधार र शिक्षकको नेतृत्व बृद्धि रहेको बताउँदै नजिकिँदै गरेको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई जिताउनु मुख्य योजना रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*