त्रिखण्डी मेलामा भक्तजनको थाम्नै नसकिने भिड (फोटो फिचर)
हेटौँडा, १४ कात्तिक । आज ठूलो एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत पर्ने त्रिखण्डी मन्दिर परिसरमा ठूलो मेला लागेको छ ।
मेलामा मकवानपुरका विभिन्न क्षेत्रहरुसँगै आसपासका जिल्लाहरुबाट समेत हजारौँ भक्तजनहरु उपस्थित भएका छन् । उनीहरु मध्ये केहीले ब्रत पनि बसेका छन् भने धेरै जसो मेलाको मज्जा लिनका लागि आएका छन् ।
मन्दिरमा बिहानै देखि भक्तजनहरुको भिड लाग्न सुरु भएको भएसँगै सुरक्षा चुनौति पनि थपिएको छ ।
बागझोरा कटेसँगै बजार सुरु भएको छ भने त्यहाँदेखि नै सुरक्षा निकाय भक्तजनको सुरक्षाको लागि तदारुकताका साथमा लागेका छन् । भक्तजनको भिडका कारण ट्राफिक जाम भएको छ ।
तस्बिरहरु–सुवाश लामा