‘कमल थापासँग मिल्न नैतिकताले नै दिँदैन’–भिमसेन महत
हेटौँडा, १३ कात्तिक । नेपाली काँग्रेसका युवा नेता भिमसेन महतले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापासँग गठबन्धन गर्न नैतिकताले नदिने बताएका छन् । आज नेपाली काँग्रेस मकवानपुरले बाम गठबन्धनमा नजाने विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको जीत र हार भन्दा पनि राप्रपासँग गठबन्धन गर्न काँग्रेसलाई नैतिकताले नै नदिने बताए ।
उनले कमल थापा बिगतमा दमनकारी समेत भएको चर्चा गर्दै वि.सं. २०६२–६३ को आन्दोलन दबाउन पनि उनले भूमिका खेलेको आरोप लगाए । सत्ताका लागि जे पनि गर्ने नेताका रुपमा थापालाई औँल्याउँदै महतले कमल थापालाई नैतिकता नभएको नेताको रुपमा चिनिएको बताए ।
उनले कमल थापा धर्म निरपेक्षताको समेत विरोधी भएको बताउँदै पार्टीको निर्णयलाई उल्लङ्घन गरेको नभई केन्द्रलाई मकवानपुरबाट सतर्क गराउन काँग्रेसले मकवानपुरमा गठबन्धन गर्न नमानेको बताए । काँग्रे मकवानपुर आफै बलियो शक्ति भएको बताउँदै उनले कुनै पनि नाममा यो गठबन्धन सह्य नभएको बताए ।