गोविन्दराज जोशीको उम्मेदवारी खारेज

तु खबर संवाददाता
२०७४ कार्तिक १८,शनिबार १४:०५

हेटौंडा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँबाट बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ ।
नेपाली काँग्रेसले उम्मेदवार नबनाएपछि जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस विरुद्ध बरिष्ठ नेता पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो । उजुरीको छानविन गरी आयोगले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । नैतिक पतन देखिने मुद्धामा सजय पाएको भन्दै आयोगले जोशीको उम्मेदवारी रद्ध गरिदिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*