‘वाम गठबन्धनले नेपाललाई उत्तर कोरिया जस्तै बनाउँछ’

तु खबर संवाददाता
२०७४ मंसिर १८,सोमबार १३:५८

मकवानपुर, हेटौँडा, १८ मंसिर । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ ‘ख’ का प्रदेशसभा उम्मेदवार अशोक शाक्यले वाम गठबन्धनले नेपाललाई उत्तर कोरिया बनाउन खोजेको आरोप लगाएका छन् ।

अबको निर्वाचन राजनैतिक लडाई नभई विकाससंग जोडिएको लडाई भएको भन्दै उम्मेदवार शाक्यले एमालेका उम्मेदवारहरु फोस्रा आश्वासन बाँड्नम व्यस्त रहेको आरोप लगाउन भ्याएका छन् । उनले कम्युनिष्टहरुले झुटको खेती गरेको र यसको अब यही चुनावबाट अन्त्य हुने दाबी गरे ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनबाट देशमा राष्ट्रिय एकता संभव रहेको बताए । संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समिति हेटौडा उपमहानगरपालीका वडा नम्बर ५ र ९ ले आईतबार पिप्ले र लामसुरेमा छुट्टा छुट्टे आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले बाम गठबन्धनको देशमा आर्थिक बिकास र समृद्धी संभव नभएको भन्दै बामपन्थीहरुले लोकतन्त्र खतरामा पार्ने अवस्थाले गर्दा देशको विकास र लोकतन्त्रतीक शासनको मान्यतालाई बलियो बनाउन र लोकतान्त्रिक मान्यतालाई जोगाउन लोकतान्त्रिकको गठबन्धन बनेको बताएका हुन ।

कोणसभामा काँग्रेसकी समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका समानुपातिक उम्मेदवार दिपक सिंह लगायतले बोलेका थिए । त्यसैगरी हेटौँडा ५ मा भएको सभा मार्फत ४१ जना बाम गठबन्धन त्यागेर लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेको गठबन्धनले दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*