सिन्धुपाल्चोकमा माओवादी र काँग्रेसको कडा प्रतिस्पर्धा

सिन्धुपाल्चोक, २२ मंसिर । सिन्धुपाल्चोकको क्षेत्रनम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतसँग मतअन्तर फराकिलो बनाउँदै लगेका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङसँग राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको कडा टक्कर परेको छ । मतगणनाका क्रममा कहिले राणाले त कहिले तामाङले अग्रता लिने क्रम जारी छ ।
शुक्रबार बिहान ६ बजेसम्मको परिणामअनुसार पूर्वसञ्चारमन्त्री समेत रहेका अग्नि सापकोटाले वर्तमान सञ्चारमन्त्रीसमेत रहेका बस्नेतलाई ३ हजार ३ सय भन्दा बढी मतले पछि पारेका छन् । सापकोटाले ७ हजार ६ सय ६६ र बस्नेतले ४ हजार ३ सय ५ मत पाएका छन् ।
क्षेत्रनम्बर २ मा शेरबहादुरले बिहान पुनः अग्रता लिएका छन् । उनले ७ हजार ६ सय ३१ मत र राप्रपा प्रजातान्त्रिकका राणाले ७ हजार १ सय ४१ मत पाएका छन् ।