गोरखामा नारायणकाजीलाई पछाडि पार्दै बाबुराम अगाडि

तु खबर संवाददाता
२०७४ मंसिर २२,शुक्रबार ०८:५३
तस्बिर–गुगल

गोरखा, २२ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई फराकिलो मतले पछाडि पार्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अग्रता लिएका छन् ।

शुक्रबार विहान ७ बजे सार्वजनिक भएको आधिकारिक निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका छन् । पछिल्लो अपडेट अनुसार बाबुरामले ६ हजार ५ सय ३४ मत ल्याएका छन् भने नारायणकाजीले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९ सय ३४ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*