दोलखामा ५.२ रिक्टरको पराकम्प

तु खबर संवाददाता
२०७४ मंसिर २२,शुक्रबार ०९:४५
तस्बिर–गुगल

काठमाडौँ, २२ मंसिर । दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।

आज बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिनुभएको राससले जनाएको छ । दोलखा सदरमुकाम चरिकोटनजिक केन्द्रविन्दु रहेकाले उक्त क्षेत्रमा ठूलो धक्का महसुश भएको जनाइएको छ ।

वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४८७ परकम्प गएको केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*