महोत्तरी–४ मा फोरम विजयी
गौशाला, २५ मंसिर । प्रतिनिधिसभा सदस्यमा महोत्तरी क्षेत्र नं ४ बाट संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव विजयी भएका छन् ।
सोमबार सार्वजनिक भएको मतपरिणमानुसार डा यादवले १८ हजार ३ सय ५३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याइसकेका छन् ।
यस क्षेत्रको प्रदेशसभातर्फ दुवैको नजिता यसअघि नै सार्वजनिक भइसकेको छ ।