हेटौँडाको बुद्धचोकबाट युवक पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
मकवानपुर, २७ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बुद्धचोकबाट प्रहरीले लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलाबार बिहान ११ः१५ बजेको समयमा पक्राउ परेता पनि सूचना भने आज दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सवारी साधन रोकी जाँच गर्ने क्रममा ना.२४ प. ३७५४ नम्बरको मोटरसाईकलका चालक हेटौँडा १४ बस्ने वर्ष २४ को बिजय रुम्बालाई पक्राउ गरेको हो ।
उनको साथबाट उनले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको अबैध लागू औषध गाँजा ४०० ग्राम फेला परेको प्रहरीले बताएको छ ।