मकवानपुरमा समानुपातिकतर्फ एमाले एक नम्बर, यस्तो छ अन्तिम मत परिणाम
मकवानपुर, २७ मंसिर । मंसिर २१ गते दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुरमा समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार मकवानपुरमा एमाले पहिलो पार्टी बनेको छ ।
त्यस्तै नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो पार्टीका रुपमा देखिएको छ ।
सार्वजनिक भएको अन्तिम मतपरिणाम यस्तो छ –
प्रतिनिधिसभातर्फ (क्षेत्र नम्बर १ र २ को जम्मा)
नेकपा एमाले– ५९,२५८
नेपाली कांग्रेस–४१,०८५
माओवादी केन्द्र–२५,६४७
राप्रपा–२१,२६१
विवेकशिल–३,८५६
प्रदेशसभा तर्फ (क्षेत्र नम्बर १ को (क) र (ख) तथा क्षेत्र नम्बर २ को (क) र (ख) को जम्मा)
नेकपा एमाले–५३,३०७
नेपाली कांग्रेस–३८,४२४
माओवादी केन्द्र–२२,६६१
राप्रपा–२१,६५९
विवेकशिल–४,२८९
खसेको मतमध्ये १५ हजार १ सय ५ मत बदर भएको जानकारी प्राप्त भएको छ ।
विस्तृत विवरण :
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा ८३ हजार ९ सय ६१ मत खसेको थियो । जसमध्ये विभिन्न दलले पाएका मत विवरण यस्तो छ–
नेकपा एमाले– २८,८८४
नेपाली कांग्रेस– १६,८२२
राप्रपा–१५,१७१
नेकपा माओवादी केन्द्र– ११,५४३
प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (क) मा ४२ हजार ८ सय ५१ मत खसेको थियो । जसमध्ये–
नेकपा एमाले–११,७१७
नेपाली कांग्रेस–९,१६४
नेकपा माओवादी केन्द्र–४,३६२
राप्रपा– ७,७८३
त्यसैगरि १ को प्रदेश (ख) मा ४१ हजार १ सय १० मत खसेको थियो । जसमध्ये–
नेकपा एमाले–१४,५२६
नेपाली कांग्रेस–७,२७३
नेकपा माओवादी केन्द्र–४,३६२
राप्रपा– ७,६११
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २
प्रतिनिधिसभा मकवानपुर २ मा ८७ हजार ५ मत खसेको थियो । जसमध्ये–
नेकपा एमाले–३०,३७४
नेपाली कांग्रेस– २४,२६३
नेकपा माओवादी केन्द्र–१४,१०४
राप्रपा– ६,०९०
प्रतिनिधि सभा क्षेत्र २ को प्रदेश (क) मा ४६ हजार ६ सय ५९ मत खसेको थियो । जसमध्ये–
नेकपा एमाले– १६,०१४
नेपाली कांग्रेस–८,३४९
नेकपा माओवादी केन्द्र– ९,६४२
राप्रपा– ३,८४४
प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश (ख) मा ४० हजार ३ सय ४६ मत खसेको थियो । जसमध्ये–
नेपाली कांग्रेस– १३,६३८
नेकपा एमाले–११,०५०
नेकपा माओवादी केन्द्र–६,११२
राप्रपा– २,४२१