यी ५ दलहरु, जसले समानुपातिकमा सिट पाउने करिब निश्चित छ
मकवानपुर, २ पुस । प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरिएको छ । यस अनुसार कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिकतर्फ कुनै सिट पाउने छैनन् ।
यदि जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतलाई अन्तिम मत मान्ने हो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् लगभग निश्चित छ । आएको नतिजा अनुसार एमालेले ४१ सिट र कांग्रेसले ४० सिट पाउनेछ । माओवादी केन्द्रले १७ सिटमा चित्त बुझाउनु पर्ने छ भने राजपा र फोरमले ६–६ सिट प्राप्त गर्नेछन् । यी बाहेकका अन्य दलले कुनै सिट पाउने छैनन् ।