मकवानपुरको पूर्वी भेगमा ३ प्रतिशत बालबालिका शिक्षाबाट बञ्चित

तु खबर संवाददाता
२०७४ पुष ४,मंगलवार ०८:४५
फाइल फोटो

मकवानपुर, ४ पुस । मकवानपुरको पूर्वी गाउँपालिकाहरुमा अझै ३ प्रतिशत बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । मकवानपुरको बकैया तथा बाग्मती गाउँपालिजस्ता विकट क्षेत्रमा पर्ने गाउँपालिकाका बालबालिकाहरु प्राथमिक शिक्षाबाटै बञ्चित भएको आज प्रकाशित ‘साझाकुरा राष्ट्रिय दैनिक’ ले समाचार लेखेको छ ।

समाचारमा जनाइए अनुसार गरिबीले ग्रस्त भएका र दलित समुदायका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएका हुन् । अधिकांश बालबालिकाहरु मंसिर लागेसँगै विद्यालय नआउने गरेको दैनिकले लेखेको छ ।

मंसिर लागेपछि बाबुआमा अन्यन्त्र काम गर्न जाने भएकोले विद्यार्थीहरु पनि परिवारसँगै जाने र इट्टाभट्टा जस्तो जोखिम ठाउँमा काम गर्न बाध्य भएका छन् ।
पूर्वी भेगका बकैया ५ श्रीपुरमा रहेको प्रभात माध्यमिक विद्यालय, किसान जागरुक प्रावि भडौरा, माटोकोरी आधारभुत विद्यालय हर्दा, बुद्ध मावि हर्नामाडी, महेन्द्र मावि छतिवन लगायतका विद्यालयमा अध्ययनरत धेरै बालबालिकाले प्राथमिक तहमै पढाई छोडेर आमाबुवासँगै जाने समस्या रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*