कतारबाट आएका यात्रुसँग सुन लिन खोज्ने पक्राउ
काठमाडौँ, ४ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाराको निजगढ नगरपालिका घर भई भक्तपुरको लोकन्थली बस्ने २९ बर्षीय बिष्णु पण्डितलाई सोमबार ५ थान सुनको बाला गरी जम्मा २४९.५० ग्राम सुन सहित पक्राउ गरेको हो ।
पण्डितलाई प्रहरीले आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामंगलमा पठाएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।