‘५ वर्षमा वामपन्थीले नमुना नेपाल बनाउँछ’–दाहाल

तु खबर संवाददाता
२०७४ पुष ४,मंगलवार १८:०७

मकवानपुर, ४ पुस । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले ५ वर्षसम्म वामपन्थी कम्यूनिष्टहरुलेकै नेतृत्वमा बलियो सरकार बन्ने र नमुना नेपाल बन्ने बताएका छन् ।

विजयी उत्सव मनाउँदै मकवानपुरको बकैया गाउँपालिका पुगेका दाहालले बकैया गाउँपालिका वडा नम्बर २ धियाँल सरस्वतीमा भएको कार्यक्रममा बोल्दै देश नयाँ युगमा प्रवेश गरेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सदस्य प्रेमबहादुर पुलामीले अब देशमा समृद्धिको लागि पसिना बगाउने बेला आएको बताए ।

बकैया २ का वडाअध्यक्ष विरमान बलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य कमानसिं पाख्रिन पृथक, प्रमिला पुलामी, लक्ष्मी माझी, वाईसिएल जिल्ला अध्यक्ष सुमन पाख्रिन, जिल्ला सदस्य सन्तबिर लो, नेकपा एमाले क्षेत्रीय सदस्य नारायण तिमल्सिना, १ नम्बर वडा अध्यक्ष बुद्धिमान वाईबा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*