सुत्न गएका सहचालक मृत भेटिए

तु खबर संवाददाता
२०७४ पुष ५,बुधबार १०:५३

नवलपरासी, ५ पुस । नवलपरासीको देवचुली नगरपालिका–१३ दलदले चोक स्थित महेन्द्र राजमार्गमा ट्रकमा सुतिरहेका सहचालक मृत अवस्थामा फेला परेका छन् ।

युपी २१ एन ९०६० नम्बरको ट्रक बिग्रिए पछि चालकले सहचालक भारत बिजनोर कसमपुरगढी बस्ने ४० बर्षीय इकरार खानलाई चिया खान भनि उठाउँदा खान मृत अवस्थामा फेला परेको बताएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*