हेटौँडाबाट रामबहादुर पक्राउ
मकवानपुर, ६ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट लागुऔँषध कारोबार गरेको आरोपमा वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले रामबहादुर गोलेलाई पक्राउ गरेको छ ।
उनले हेटौँडा १५ स्थित आफ्नो घरबाट लागुऔषध गाँजा बिक्री वितरण गरिहेको भन्ने सूचनाका आधारमा मंसिर ५ बजे दिउँसो करिब साढे १ बजेको समयमा ५६ वर्षीय बललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बलको घरमा खानतलासी गर्दा कोठाको खाट मुनि पुरिया बनाई प्लाष्टिक भित्र राखी बिक्रि वितरण गरिरहेको अवस्थामा (३०–३० ग्रामको ३० पोका तौलका गरि जम्मा ९७० ग्राम अबैध लागू औषध गाँजा सहित फेला परेको छ ।
उनलाई आँैषध ऐन २०३३ बमोजिम सम्मानित मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।