अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसिको प्रमुख आतिथ्यतामा भैरहवामा क्रिकेट र भलिवल प्रतियोगिता सम्पन्न
रुपन्देही, १० पुस । रुपन्देहीको भैरहवामा अवस्थित पक्लीहवा कृषि क्याम्पसमा रहेको अनेरा स्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले जिल्लाकै नमुना पक्लिहवा कप ‘सुपर ६ क्रिकेट तथा भलिबल प्रतियोगिता’ सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसीको प्र्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसीले यस्ता कार्यक्रमहरुले खेलकुदको विकासमा निकैनै टेवा पुग्ने बताए । साथै आगामी दिनहरुमा पनि अन्य आयोजनाहरु गर्न समेत आयोजक टिमलाई अनुरोध समेत गरे । उनले खेलाडिहरुको मनोवल बढ्ने साथै समग्र खेलको विकासमा यस्ता आयोजनाहरुले महत्व राख्ने बताउँदैं आफुले पनि सक्दो पहल गर्ने बताए ।
त्यसैगरी संगठनका अध्यक्ष राजिव रमण न्यौपानेका अनुसार जिल्लाकै एकमात्र कृषि क्याम्पसलाई चिनाउने तथा क्याम्पसमा विद्यार्थीहरुको बढ्दो आकर्षणलाई कायम राख्न पनि कार्यक्रमको आयोजना गरिएको हो । उनले यस खालको प्रतियोगिता जिल्लामा नै नमुना भएको समेत दाबी गरेका छन् ।
पुस ६ गतेदेखि ९ गतेसम्म सञ्चालित प्रतियोगितामा भलिबल तर्फ १४ टिम र क्रिकेटतर्फ २५ टिमको सहभागिता रहेको थियो । ३ दिनसम्म चलेको प्रतियोगिताको भलिबलतर्फ सेन्ट जोसेफलाई तिलोत्तमा क्याम्पसले पराजित गरेको छ ।
तिलोत्तमाले जोसेफलाई २५–२१,२५–२२, २५–२२, २५–२१ र १५–९ को सेटमा हराएको हो । खेलमा तिलोत्तमाका यमन बिसी ‘म्यान अफ दि म्याच’ र सेन्टजोसेफका नगेन्द्र गुरुङ म्यान अफ दिन सेरिज घोषित भएका थिए । खेलको विजेताले १० र उपविजेताले नगद ५ हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
त्यस्तै क्रिकेटतर्फ पनि सेन्ट जोसेफलाई नै हराउँदै लिलाराम बी क्रिकेट टिमले जित हासिल गरेको छ । जोसेफले दिएको ७४ रनको लक्ष्यलाई लिलाराम बीले २ विकेट लिएर जितेको हो ।
आयोजकले पक्लिहवा कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट संवन्धन प्राप्त जिल्लाको एकमात्र क्याम्पस भएको बताएको छ । साथै संगठनले लगातर रुपमा यस्ता प्रतियोगिता र सामाजिक विकासका कार्यहरुमा सघाएको बताइएको छ ।