महेन्द्र राउतलाई व्यवसायीको प्रश्न : २५ मिटर सडकले हाम्रो पसल भत्काउँछ ?
मकवानपुर, १२ पुस । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेदवार महेन्द्र राउतले मतदाताको घर दैलोमा पुगेर आफ्ना प्रबिद्धताहरु राखेका छन् । घरदैलोमा पुगेर आफ्ना एजेण्डाहरुबारे मतदातालाई बताउँदै मत माग्न ब्यस्त रहेका राउतले बुधबार हेटौंडा ९ र ८ नम्बर वडामा घरदैलो गरे ।
घरदैलोको क्रममा मतदाताहरुले उनलाई २५ मिटर सडकले पारेको प्रभाव,ब्यवसायीक हित र औद्योगिक बातावरण निर्माण लगायतका विषयमा जिज्ञासा राखेका थिए । महासंघको विभिन्न तहमा बसेर काम गरिसकेकाले ब्यवसायीहरुको समस्याबारे आफु जानकार रहेको बताउँदै राउतले थोरै पुँजि लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई प्रवद्र्धन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । ‘हामी झुठा सपना बाँढ्दैनौँ,तर बोलेका सबै कुरा पुरा गरेर छाड्छौं’, उनले भने,‘कुनैपनि ब्यवसायीले गरेर खान पाईन भन्ने गुनासो गर्ने ठाउँ रहँदैन । हामी ढुक्कले काम गरेर खान सक्ने वातावरण बनाउँछौं ।’
उनीसँग बाणिज्य तर्फका उपाध्यक्षका उम्मेदवार कृष्ण कुमार गुप्ता अग्रवाल, उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार रबिन्द्र प्रसाद घिमिरे,एशोसियट उपाध्यक्ष उज्वल चौँलागाई लगायत सदस्यका उम्मेदवारहरुको सहभागिता रहेको थियो । घरदैलो संगै अध्यक्षका उम्मेदवार राउतले विभिन्न बस्तुगत समुहहरुसँग पनि भेटघाट गरे ।