विमानस्थलमा पहेँलो धातुसहित पक्राउ
काठमाडौं, १३ पुस । बिदेशबाट आएका यात्रुसँग सुन संकलन गरिरहेका सुनसरीको बराह नगरपालिका–११ घर भएका २६ वर्षीय मोहम्मद खुसिद अन्सारीलाई प्रहरीले ९० ग्रामको २ थान सुन जस्तो देखिने धातु सहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्कीङ एरियामा बुधबार सुन संकलन गरिरहेका अन्सारीलाई प्रहरीले चेक गर्दा उक्त सुन जस्तो धातु बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।