रक्सीमा विवाद हुँदा चक्कु प्रहार गरी हत्या

तु खबर संवाददाता
२०७४ पुष १३,बिहीबार १८:५१

काठमाडौं, १३ पुस । काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान पशुपतिभिजनस्थित होटल आम्दाबालममा बसेका भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको छ ।

गुरुङलाई गएराति सोही होटलका कर्मचारी काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने २९ वर्षीय डोनी शेर्पाले रक्सी किन्ने बिषयमा झगडा हुँदा धारिलो हतियार चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि काठमाडौँ मेडिकल कलेज अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्ने डोनीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*