स्थानीयको पहलमा कल्भर्ट पुल निर्माण
![](https://www.tukhabar.com/wp-content/uploads/2018/01/Calvart-Bridge_Tukhabar.jpg)
बाबियाचौर, म्याग्दी, १७ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका– ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ ।
स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयवासीको सक्रियतामा सात मिटर लम्बाइ र डेढ मिटर चौडाइ भएको ढलान गरिएको पक्की कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङ्गका बासिन्दा र धौलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा पुल निर्माण भएको कल्र्भट पुल निर्माण योजनाका अगुवा रविन्स छन्त्यालले जानकारी दिनुभयो ।
![](https://www.tukhabar.com/wp-content/uploads/2018/01/Bride-Image.jpg)
तस्बिर–टिभी अन्नपूर्ण डटकमबाट
धौलागिरि गाउँपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको उक्त योजनाका लागि छन्त्यालले कतारमा रहँदा आर्थिक संकलन अभियान सञ्चालन गर्नुभएको थियो । उक्त अभियानबाट रु छ लाख जुटाइएको थियो । अभियानमा स्वदेशमै रहेका मल्कबाङ्गका बासिन्दा र विदेशमा देशका अन्य जिल्लावासीले समेत सहयोग गरेका थिए ।
हाल पोखरा निवासी भीमबहादुर छन्त्यालको परिवारले सबैभन्दा बढी रु ६० हजार सहयोग गर्नुभएको थियो । गत कात्तिक दोस्रो हप्तादेखि पुल निर्माण शुरु भएको थियो । कल्भर्ट पुल निर्माण भएपछि स्थानीयवासी, विद्यार्थी र शिक्षक शिक्षिकालाई गाउँदेखि आवतजावत गर्न सहज भएको छ । यसअघि बर्खायाममा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुेपर्ने अवस्था थियो । -(रासस)