जोखिम व्यवस्थापन र बिमा
“जुनसुकै वस्तुको अस्तित्व त्यतिञ्जेलसम्म मात्र रहन्छ जतिबेलासम्म त्यसले आनो अस्तित्वविरूद्धको जोखिमलाई रोक्नसक्छ ।”
यही यथार्थबोधले गर्दा मानिसले आफ्नो अस्तित्वरक्षाको वहानामा विश्वलाई समुन्नत अवस्थामा ल्याइपु¥याएको छ । ग्लोबल भिलेजुको अवधारणा, सैन्य/यातायात विकास, अन्तरिक्ष अन्वेषणजस्ता कुराहरू असिमित जोखिम नियन्त्रणका लागि मानिसले गरेको प्रतिरक्षाक्रमका प्रतिफल हुन् । तथापि यतिखेर जोखिमका झन् नयाँनयाँ स्वरुपहरू देखा परिरहेका छन् । यसको प्रकृति हेर्ने हो भने, नियन्त्रण गर्नै कठिन, विश्वव्यापि जोखिमुजस्तै राजनैतिक खण्डिकरण, अस्वभाविक मौषम परिवर्तन, अनियन्त्रित जनसंख्या, आणवीक प्रसार र धार्मिक अतिवाद ब्याप्त छ । फलतः समाजभित्र युद्ध, आतंकवाद, धार्मिक हिंसा, शारीरिक अशक्तता, अपराध र आर्थिक गतिरोधजस्ता राजनैतिक, कानुनी, वित्तीय र कार्यसञ्चालनका सबै क्षेत्रहरु जोखिमयुक्त बनेका छन् । त्यसैले यसको हस्तान्तरण/ व्यवस्थापनका लागि सुदृढ बिमाव्यवस्था आजको अपरिहार्यता बनेको छ ।
यही अपरिहार्यताबीच चुनौतिपूर्ण जोखिमको व्यवस्थापनका लागि बिमालाई माध्यम बनाउने सन्दर्भमा अघिबढ्दा( जोखिम, यसको उत्पति र व्यवस्थापनका समग्र पक्षहरूको विस्तृत अध्ययन आवश्यक हुन्छ ।
सामान्य अर्थमा, मानिसको जीवन तथा सम्पत्तिमा रहेको सम्भाव्य हानि वा अनिश्चिततालाई जोखिम भनिन्छ । बृहद् नेपाली शब्दकोषका अनुसार, जोखिम भन्नाले– शारीरिक, मानसिक हानिनोक्सानी हुनसक्ने सम्भावना वा डरलाग्दो काम, खतरा, अनिष्ट वा विपत्तिको आशङ्काु भन्ने उल्लेख छ । जोखिमको दुई धारणामध्ये वस्तुगत धारणमा– वास्तविक हानि र अपेक्षित हानिको तुलनात्मक भिन्नतालाई जोखिम भनिन्छ भने विषयगत धारणामा– व्यक्तिको मानसिक अवस्थामा आधारित विपत्तिको भयलाई जोखिम भनिन्छ । विषयको सन्दर्भमा बिमाको भाषामा भन्नु पर्दाः, व्यक्ति, समाज तथा व्यावसायिक काराबोर सम्पन्न भइरहदाँ मृत्यु, आगलागी, भकूम्प, चोरी, विष्फोटन, सडक एवं हवाई दघुर्टना जस्ता कारणले हुने क्षतिहरूलाइ जोखिम भनिन्छ ।
व्यवस्थापन भन्नाले योजना बनाउने, संगठन गर्ने, कार्यान्वयन गर्ने र नियन्त्रण गर्ने गतिशिल प्रकृया हो । नेपाली बृहद् शब्दकोषमा व्यवस्थापनलाई, काम कुराको व्यवस्था वा प्रबन्ध मिलाउने काम, तरतर्जुमा वा सास्याको टुङ्गो लगाउने काम, निर्धारण, निर्णय वा निश्चय गर्ने वा नियमकानुन बनाउने काम वा विधिु भनेर परिभाषित गरिएको छ ।
यसरी जोखिमलाई योजनावद्ध रूपले प्रभावकारी नीतिनियमको तर्जुमाद्वारा नियन्त्रण गर्ने प्रकृया जोखिमव्यवस्थापन हो । सम्पत्ति र त्यसको आयआर्जन गर्ने क्षमतालाई चुनौती दिने आगलागी, छट्याङ्ग, हुरीबतास, भुकम्प, विस्फोटन, चोरी, हुलदंगा, लडाईं, बेइमानी आदि जोखिमहरूको पहिचान, मुल्यांकन र संरक्षणसम्बन्धी व्यवस्थापन नै जोखिम व्यवस्थापनको सार हो ।
मानव जीवन तथा उसको सम्पत्तिमा भैपरी आउने जोखिम तथा विपद्विरूद्ध गरिने सुरक्षाव्यवस्था बिमा हो। बृहद् नेपाली शब्दकोषमा, कुनै किसिमको हानिनोक्सानी वा क्षति भएमा संस्थाले बेहोर्ने र क्षतिपूर्ति पाउने गरी राखिने कार्यव्यवस्थाुलाई बिमा भनिएको छ ।
व्यक्तिको जोखिमवहन समूहले गर्ने बिमाको प्राचित सहकारिताको कार्यात्मक धारणाु यतिबेला ुकररगत धारणाुमा रूपान्तरित भएको छ । यो करारमा एउटा पक्षले निश्चित प्रब्याजको बदलामा अर्को पक्षको विशिष्ट जोखिमलाई ग्रहण गरेर भविष्यमा कुनै उल्लेखित घटना भएमा उसलाई निश्चित आर्थिक संरक्षण/क्षतिपूर्ति दिने बचन दिएको हुन्छ ।
जोखिमसँगै जोडिएर यसको ब्यवस्थापनका कुराहरु पनि आउँछन् । यसको व्यवस्थापन चरणबद्ध प्रक्रियामा आधारित हन्ुछ । यसमा सवर्पथ्रम घटना हनु सक्ने सम्भावनाको पहिचान गरिन्छतथा सम्भावित क्षतिको परिमाण खर्च कतिसम्म हनु सक्छ भन्ने मापन गरिन्छ । त्यसपछि घटना भएमा आफ्नो सम्पत्तिको पनुस्थार्पना वा शाधेभर्ना गर्ने क्षमता के छ र क्षतिको क्षतिको परिमाण आफ्नो अनमुान भन्दा फरक भई जोखिम बढी भएमा वकैल्पिक स्रोत के हुन सक्छ? यी सबैको विश्लेषण गरिन्छ । एकथरि मानिसको सोचाइमा जोखिमलाई पूर्ण रुपमा हटाउन सकिन्छ । यसका लागि उनीहरुको तर्क भनेकोः “आफुसंग भएका सवारी साधन बिक्री गर्ने, घर नबनाउने वा व्यावसायिक काराबोर नै नगर्ने जस्ता कार्य गर्न सकिन्छ” । तर प्रविधिको प्रयोग नगर्ने, विकासलाई स्वीकार नगर्ने वा ढुंगेयुगमा फर्कने हर्कत गर्न त के सोच्नसम्म नसकिने अवस्थाले गर्दा जोखिमको मात्रा बिमा कम्पनीहरुलाई सुम्पिएर थोरै बिमा शुल्कको बदलामा ढुक्कको जिन्दगी बाँच्न सकिने भएकाले जोखिमव्यवस्थापनमा बीमाको भूमिका महŒवपूर्ण भएको हो । जोखिम पूर्ण नियन्त्रण गर्न नसकिने नभएकोले यसलाई हस्तान्तरण वा त्यसविरुद्ध सुरक्षाको प्रत्याभूति चाहिन्छ । यसको आधार भनेको बिमा मात्रै भएकोले जोखिम व्यवस्थापनमा बिमाको महŒव प्रमुख रहँदै आएको हो ।
जोखिमको व्यवस्थापनमा बिमाबारे उल्लेख गर्दा जोखिमवहनसम्बन्धमा स्पष्ट हुनुपर्छ । बिमाद्वारा गरिने जोखिमवहन सामान्यतः आर्थिक पक्षद्वारा गरिन्छ । तसर्थ जोखिममा आर्थिक क्षतिपूर्तियोग्य, बिमायोग्य र कानूनी अधिकारजस्ता विशेषताहरु निहित हुनुपर्छ । यस्ता विशेषता नभएका र, बिमाको संस्कार स्थापित नभएका नेपालजस्ता अल्पविकसित मुलुकमा भने जोखिमव्यवस्थापनमा तपसिलका गैरआर्थिक विधि पनि प्रचलित छ :
– जोखिमको परिहार विधिमा जोखिमलाई बेवास्ता गर्ने वा जोखिम उत्पन्न हुने काम नगरेर जोखिमव्यवस्थापन प्रयास गरिन्छ । तर प्रायःसबै काम जोखिमयुक्त भएकाले यो विधिबाट जोखिमको मात्रा कम भए पनि प्रभावकारी व्यवस्थापन गर्न सकिन्न ।
– क्षति नियन्त्रणविधिमा क्षति हुन नदिएर वा क्षतिको मात्रा वा सम्भावनालाई कम गरेर जोखिमव्यवस्थापनको प्रयास गरिन्छ । क्षति कम गर्न सकिए पनि यो विधि सबैक्षेत्रमा लागू हुँदैन र जोखिम व्यवस्थापनमासमेत प्रभावकारी हुँदैन ।
– जोखिम धारणविधि अर्थात् जोखिमको स्वःवहन पनि जोखिम व्यवस्थापनको एक विधि हो । तर जोखिम आफैले धारण गर्नु, बुद्धिमतापूर्ण व्यवस्थापन हुन सक्दैन ।
– गैरबिमा जोखिम स्थानान्तरणः बिमा कंपनीबाहेक अन्य पक्षसँग सम्झौता गरी जोखिम हस्तान्तरण गर्ने, हेजि· मुल्य जोखिम तथा फर्मलाई कंपनीमा लगेर जोखिम बहन गर्ने विधिबाट पनि जोखिमको व्यवस्थापन गरिएको पाइन्छ । सिमित कारोवार हुने र अत्याधिक जोखिम लिनु पर्ने भएकोले यो व्यवस्थापन विधि पनि क्षतिपूर्तिका दृष्टिले घातक बन्ने सम्भावना रहन्छ ।
यी सबै विधिहरू व्यवहारिक नभएकैले जोखिम व्यवस्थापनका लागि बिमाको धारणा विकसित भएको हो । वास्तवमा “जति धेरै जोखिम हुन्छ त्यति नै सफलताको सम्भावना हुन्छ” भन्ने व्यवसायिक जगतमा जोखिम नभएको काम रोज्नु वा जोखिमबाट पन्छनु सम्भव छैन । यो चुनौतिको युगुमा जोखिमरहीत कार्य कल्पनाको कुरा मात्र हो । त्यसैले जोखिमयुक्त वातावरणमै सफलताको बाटो खोज्नु पर्छ । त्यसैले माथि उल्लेखित जोखिम व्यवस्थापनका माध्यमहरू यतिबेला सान्दर्भिक छैनन् र यिनले साँचो अर्थमा जोखिमको व्यवस्थापनमा सकारात्मक प्रभाव पार्दैनन् । वास्तवमा व्यवस्थापनको प्रभावकारिताका लागि नीतिनिर्माण, सन्तुलन, योजना, समन्वय, नेतृत्व, उत्तरदायित्व र अधिकार, वित्तीय प्रोत्साहन, विशिष्टिकरण, सरलता, प्रभावकारिता, सुधारजस्ता तत्वहरू अपरिहार्य हुन्छन् । साथै प्रभावकारी व्यवस्थापनका लागि पृथक अस्तित्वसहितको सांगठनिक स्वरूप आधारभूत आवश्यकता हुन्छ । यी सबै तत्वहरू बिमा व्यवसायमा विद्यमान रहने हुँदा अन्ततः बिमा नै जोखिम व्यवस्थापनको एउटा सशक्त र व्यवहारिक माध्यमका रूपमा स्थापित छ ।
वास्तवमा बिमाको उत्पति नै जोखिमको व्यवस्थापनका लागि भएको हो । प्राचिन समाजमा कुनै एक व्यक्तिले बहन गर्न नसक्ने जोखिमलाई समुदायले बहन गरेर जोखिमको व्यवस्थापन गरिन्थ्यो । ईराकबाट (प्राचीन बेबोलोनिया र सुमर, ई.पू. ३०००) शुरु भएको बिमाको सामाजिक धारणा ई.पू. १८०० मा आइपुग्दा हम्बुरवी कानुनका रुपमा सामुद्रिक यात्रा र ढुवानीको जोखिमवहनमा प्रभावकारी देखिएको हो । यसबीचमा जाहाजलाई नै धरौटी राखेर ऋण लिने र सामान तथा यात्रु, मजदुरको क्षतिमा सोधभर्ना दिने प्रयास पनि शुरु भएको देखिन्छ । ईसाको १२ औँ सताब्दी देखि युरोपका देशहरुबाट बिमाको आधुनिक प्रारुपहरु तयार भएसँगै १५ औँ सताब्दीको अन्त्यतिर मित्रता समाज÷समुदाय Friendly Societies ले जीवन बिमाका प्रारम्भिक प्रयासहरु शुरु गरेको पाईन्छ । विषेशतः बिमाको व्यावसायिक प्रयासको शुरुवात भने, १३ हजारभन्दा बढी घरहरू खरानी हुनेगरी सन् १६६६ मा लण्डनमा भएको भीषण आगलागीपश्चात नै भएको पाईन्छ । यो घटनाले बिमाको प्रारम्भिक सामाजिक धारणालाई विस्थापित गर्दै, जोखिमवहनका लागि संस्थागत आवश्यकताको महशुस दर्शाउन पुग्यो । यो अग्नीकाण्डमा पीडितभएकाहरूको उपचारमा संलग्न चिकित्सक निकोलस बरवनले घाइतेहरूको पीडा र मृतक परिवारको दुखान्तलाई मध्यनजर गर्दै जोखिमबहनको संस्थागत प्रयास थालेका हुन् । सन् १६६७ मा उनले लण्डनमा ुबिमा कार्यालयु The Insurance Office नामक संस्था खोलेर बिमा कंपनीको अवधारणा शुरू गरे । तथापि, बिमितको घरहरूलाई आगोबाट जोगाउनुु मात्र कंपनीको ध्येय रह्यो । तर विधिवत् (कागजी) रूपमा बिमाको व्यापक अवधारणा लागू गर्ने काम भने सन् १७१० मा भयो । बेलायतमै ुसन अग्नी कार्यालय Sun Fire Office को स्थापना भएपछि विधिवत् रूपमा बिमा कंपनीको शुरूवात भयो ।
नेपालमा भने २३७ वर्ष पछाडि मात्रै नेपाल बैंक लिमिटेडको सक्रियतामा सन् १९४७ अक्टोबर २४ मा (वि.सं. २००४ असोज ८, बुधबार) सर्बप्रथम नेपाल माल चलानी तथा बिमा कम्पनी लिमिटेडुको नामबाट बिमा कंपनिको विधिवत् स्थापना भएको हो । वि.सं. २००७ सालपछि बिमा कम्पनीको विकास दु्रतगतिमा भयो । विदेशी लगानीका कंपनीहरू खुले । तर स्वदेशी मुद्रा बाहिरिन थालेपछि त्यसलाई व्यवस्थित गर्न सरकारले २०२४ पौष १ गते राष्ट्रिय बिमा संस्थान (प्राइभेट) लिमिटेड स्थापना गर्यो । यसको एकवर्षपछि (राष्ट्रिय बिमा संस्थानको रूपमा) निर्जीवन बिमा शुरू भयो भने २०२९ फागुन ७ गतेदेखि जीवनबिमा शुरू भयो । देशमा बिमा व्यवसायलाई व्यवस्थापन, नियमन, विकास र नियन्त्रण गर्न बिमा ऐन २०४९ अनुसार बिमा समितिको गठन गरियो । यसले अधिराज्यभर सम्पूर्ण बिमा कम्पनीहरूको स्वीकृति दिने, रेखदेख गर्ने र नियन्त्रण गर्ने कार्य गर्दै आएको छ ।
नेपालमा बिमालाई व्यवसायका रूपमा किटानी गर्ने काम भने वि.सं. २०४९ मा भएको हो । बिमा ऐन २०४९, दफा २ (च) मा, “बिमा व्यवसाय ं भन्नाले जीवन बिमा व्यवसाय वा निर्जीवन बिमा व्यवसाय सम्झनु पर्छ र सो शब्दले पुनर्बीमालाईसमेत जनाउँदछ ।” भन्ने उल्लेख छ । नेपालमा जोखिमविरूद्ध बिमा व्यवसाय गर्न चाहने कम्पनीहरूले बिमा व्यवसाय दर्ता प्रमाणपत्र लिनु पर्दछ । हाल नेपालमा जीवन बिमा गर्ने कम्पनी ९ वटा र निर्जीवन बिमा गर्ने कम्पनी १७ वटा गरी २६ वटा कंपनीहरूले बिमा व्यवसाय गरिरहेका छन् । जसमध्ये निजी क्षेत्रका १८, बैदेशिक लगानीका ३, संयुक्त लगानीका ३ र सरकारी संलग्गता भएका २ वटा कम्पनीहरु छन् ।
सामुद्रिक बिमाबाट सुरू भएको बिमाको विकासक्रममा यतिबेला जीवन बिमा, सामुद्रिक बिमा, अग्नी बिमा, हवाइ बिमा, मोटर बिमा, निष्ठा जमानी बिमा, ठेकेदारको जोखिम बिमा, व्यक्तिगत जोखिम बिमा, मार्गस्थ बिमा, सोधमारी बिमा, श्रमिक मुआब्जा बिमा, हवाइ उडान बिमा, प्राविधिक जोखिम बिमा, जनदायित्व बिमा, पशु÷कृषि बिमा, निजी ग्राहस्थ बिमा, सामाजिक र अन्य सरकारी बिमा गरी प्रायः सबैखाले जोखिमहरूको सहज व्यवस्थापनमा बिमालाई माध्यम बनाउन थालिएको छ ।
वास्तवमा जोखिमको व्यवस्थापनमा बिमालाई प्रयोग गर्दा राष्ट्रलाई चौतर्फि फाइदा पुग्दछ । आफूमा भएको अनिश्चित जोखिमलाई बिमा कंपनीमा हस्तान्तरण गरेर जोखिममुक्त हुन पाइनु बिमाबाट हुने फाइदाको महत्वपूर्ण पक्ष हो । नेपालको सन्दर्भमा गत वैशाखमा गएको बिनाशकारी भुकम्पमा बिमा भएका सम्पत्ति क्षतिका १५६४४ घटनामा झण्डै १८ अर्वको क्षतिपूर्ति बिमा कम्पनीमार्फत हुने अनुमान गरिएको छ । जसमध्ये झण्डै आधार रकम बिमा कम्पनीहरुले भुक्तानी गरिसकेको अवस्था छ ।
यतिबेला हरेक क्षेत्रमा व्याप्त जोखिम व्यवस्थापन गर्ने सन्दर्भमा बिमा अपरिहार्य बन्दै गएको छ । यही अपरिहार्यताबीच समग्र जोखिम व्यवस्थापनमा बिमाको यो महत्वलाई निम्नानुसार ३ खण्डमा प्रष्टाउनु सान्दर्भिक हुन्छ :
– सामाजिक जोखिमव्यवस्थापनका दृष्टिलेः देशको आर्थिक विकासमा बिमाको महत्वपूर्ण भूमिका हुन्छ । पूँजी र उत्पादनका श्रोतको अनिश्चितता हट्दा अर्थव्यवस्थालाई स्थिर र सुदृढ बनाउन मद्दत पुग्छ । त्यस्तै बिमा कंपनीको आम्दानी राष्ट्रविकासको लागि महत्वपूर्ण आधार हुन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय आम्दानीमा (न्म्ए) मा बिमा क्षेत्रको हिस्सा २ प्रतिशत बढी रहनु सकारात्मक नै हो ।
समाजमा रहेको असिमित डर र चिन्तालाई कमी ल्याउनु बिमाको महत्वपूर्ण पक्ष हो । जस्तैः घरमुलीले गरेको बिमाले आश्रितहरूलाई संरक्षणको आधार स्पष्ट पार्ने हुँदा डर र चिन्तामा कमी आउँछ । समाज विकासका लागि बिमा कोषलाई लगानीको रूपमा प्रयोग गर्न सकिने हुँदा लगानीको श्रोतको रूपमा पनि बिमाको सामाजिक महत्व रहेको छ ।
विमितको सम्पूर्ण जोखिम, बिमा कंपनीले बहन गर्ने भएकाले त्यस्ता जोखिमबाट बच्न बिमा कंपनी संस्थागत रूपमै क्रियाशील हुन्छ । कंपनीले विभिन्न जनचेतना र सुरक्षाका वैकल्पिक उपाय पहिल्यै अपनाउने हुँदा समाजमा क्षतिको रोकथाम हुनजान्छ ।
बिमा भएको व्यक्ति वा सम्पत्तिमाथि बिमाले जमानत बसिदिने र ऋण तिर्नमा आधार प्रदान गर्ने हुनाले विमितको साखमा बृद्धि गराउँछ ।
बिमा कंपनीले प्रब्याजलाई उत्पादनशील कार्यमा लगानी गर्दछ । जसले गर्दा मुद्रस्फितीमा नियन्त्रण हुन जान्छ । दैवी प्रकोप, युद्ध, महामारीजस्ता विपद्हरुले समाजमा विभिन्न खराबीहरू देखापर्छन् । तर बिमाले यस्ता जोखिमहरूविरूद्ध संरक्षण प्रदान गरेर सामाजिक मुल्य मान्यतामा बृद्धि हुन्छ ।
– व्यक्तिगत/पारिवारिक जोखिमव्यवस्थापनका दृष्टिलेः जीवन बिमाले व्यक्तिको जीवनको जोखिमविरूद्ध संरक्षण प्रदान गरेको हुन्छ । फलतः आश्रित परिवारको आर्थिक संरक्षणको महत्वपूर्ण आधार बिमा बन्दछ । व्यक्ति वा परिवारले बिमाका लागि गरेको लगानी फाइदाजनक लगानी हो । जीवनबिमामा, बिमांक निश्चित हुने र अन्य जोखिम बिमा कंपनीलाई हस्तान्तरण गरिने भएकोले बिमालाई परिवारले फाइदाको व्यवसायका रूपमा महŒवकासाथ हेर्दछन् ।
बिमा गर्नु मितव्ययी बन्नु हो । बिमा प्रब्याजका लागि परिवारले गर्ने अनावश्यक खर्च कटौती र मितव्ययी व्यवहारले बिमालाई खर्च कटौतीका लागि प्रेरणाको श्रोतको रूपमा लिइन्छ ।
पारिवारिक प्रतिष्ठा बिमाको महŒवपूर्ण पक्ष हो । बिमा गर्ने परिवारको आर्थिक संरक्षणको आधार निश्चित हुने भएकोले समाजमा त्यस्ता परिवारको प्रतिष्ठामा बृद्धि हुन्छ । बिमा गर्नाले जस्तोसुकै परिस्थितिमा पनि परिवारका सदस्यको शिक्षा तथा स्वास्थ्य उपचारमा असर पर्दैन । त्यस्तै विवाहजस्ता सामाजिक काममा पनि बिमाका कारण मद्दत पुगेको हुन्छ ।
बिमाको महŒवपूर्ण पक्ष व्यक्ति/परिवारको जीवनस्तरमा सुधार ल्याउनु हो । परिवारभित्रको बिमा योग्य जोखिमको व्यवस्थापनमा बिमाको प्रयोगले सिङ्गो परिवारको स्तर र अवस्थामा उल्लेख्य सुधार ल्याउँछ ।
– व्यवसायीक जोखिमव्यवस्थापनका दृष्टिले व्यवसायमा रहेको असिमित अनिश्चिततालाई कम गर्न बिमाको महŒवपूर्ण भूमिका रहन्छ । बिमालाई जोखिम हस्तान्तरण गरिएपछि व्यवस्थापक चिन्तामुक्त हुने भएकाले व्यवसायीक कार्यकुशलतामा बृद्धि हुन्छ ।
व्यवसायको बिमा गर्दा त्यसले शाखको आधार तयार हुन्छ । व्यवसायको लागि आवश्यक पु“जीको लागि सजिलै ऋण पाइन्छ । व्यवसायलाई शाखको आधारयोग्य बनाउनु बिमाको महत्वपूर्ण पक्ष हो ।
जोखिमको हस्तान्तरण र क्षतिको उचित क्षतिपूर्ति पाइने हुँदा बिमाले व्यवसायीक निरन्तरताको निश्चितता गर्दछ । सफल व्यवसायको आधारभूमि तयार गर्नु पनि बिमाको महत्वपूर्ण पक्ष हो ।
व्यवसायमा काम गर्ने मजदुर कर्मचारीको बिमा गर्दा व्यवसायीक वातावरण सकारत्मक बन्छ । बिमाले मजदुरलाई सुरक्षाको प्रत्याभूति दिने भएकोले मजदुर र मालिकबीचको सहसम्बन्ध कायम गरी स्वस्थ्य औद्योगिक सम्बन्ध स्थापनामा बिमाको महवपूर्ण भूमिका रहेको हुन्छ ।
यसरी जोखिम व्यवस्थापनको लागि बिमालाई प्रयोग गर्दा राज्यको हरेक क्षेत्रमा सकारात्मक प्रभाव र स्वस्थ्य सहसम्बन्धको विकास हुन्छ ।
तर जोखिमव्यवस्थापनमा बिमालाई प्रयोग गर्ने क्रममा कतिपय तत्वहरूले समाजमा बिमालाई खर्चिलो बनाएको पाइन्छ । विशेषगरी बनावटी र नभएको क्षतिको पनि कपटपूर्ण तवरबाट बिमा दावी लिने प्रचलन वढेको छ । जानाजान क्षति गराएर दावी लिने, क्षति भन्दा बढी रकम दावी गर्नेजस्ता कार्यहरूले पनि बिमाको लागतलाई बढाएको पाइन्छ । त्यस्तै कार्यसञ्चालनको क्रममा बिमा कंपनीमा हुने प्रशासनीक तथा अन्य खर्चहरूले पनि समाजमा बिमाको लागतलाई बढाइरहेका हुन्छन् । जसले गर्दा बिमालाई बोझिलो मान्ने गरिएको छ । तसर्थ बिमालाई सर्वसुलभ बनाउनेतर्फ सम्बद्ध सबैको चिन्ता र सकारात्मक चासोको खाँचो टड्कारो देखिन्छ ।
वास्तवमा व्यक्ति वा व्यवसायीक संगठनले आफ्नो काँधको अनिश्चित जोखिमलाई बिमाको काँधमा पन्छाएर आर्थिक नोक्सानीको त्रासबाट बच्न सकिने भएकोले बिमाप्रतिको आकर्षण भने बढ्दो छ । उपयुक्त बिमाशुल्कले निर्मित कोष तथा पुनर्बीमाको व्यवस्थाबाट बिमा कंपनीले व्यक्ति तथा व्यवसायीको आर्थिक नोक्सानीको क्षतिपूर्ति दिन्छ । यस्तो व्यवस्था गरेर बिमाले व्यवसायीको उत्साहलाई घट्न नदिई भरपर्दो सुरक्षा प्रदान गरेको छ । त्यस्तै बिमाका कारण व्यक्ति/समाज/राष्ट्रमा व्याप्त जोखिमविरूद्ध सकारात्मक प्रभावहरू परेको छ । राज्यको समग्र विकास र आर्थिक स्थायित्वमा यसको भूमिका अत्यन्त महत्वपूर्ण बनेको छ ।
आजको चुनौतिपूर्ण युगमा जोखिम व्यवस्थापनका गैरबिमा प्रविधि उपयुक्त हुनै सक्दैनन् । बिमाका क्षेत्रमा देखिएका केही नकारात्मक प्रबृत्तिहरूलाई सच्चाएर जोखिमको व्यवस्थापनमा बिमालाई नै एकमात्र सशक्त हतियारको रूपमा प्रयोग गर्नु बुद्धिमता हुन्छ । यही नै आजको अपरिहार्यता पनि हो । त्यसैले यस सम्बन्धमा विज्ञहरूको सल्लाह तथा अनुसन्धानको सहयोगमा नोक्सानीको रोेकथाम, नियन्त्रण र समायोजन गर्दै सामाजिक बचत गर्ने तथा पूर्वाधारको निर्माण तथा त्यसलाई प्राथमिकता क्षेत्रमा लगानी गर्नु पर्दछ । वास्तवमै मुलुकको समग्र आर्थिक प्रबद्र्धन र स्थायित्वमा बिमा महत्वपूर्ण आधार हो । यसले नै जोखिममुक्त, सुरक्षित, सफल र समुन्नत समाजको परिकल्पना साकार पार्दछ ।
(लेखकः प्रुडेन्सियल ईन्स्योरेन्स कं. लि.का हेटौँडा शाखा प्रबन्धक हुन् ।)