ब्याडमिन्टनको उपाधि चन्द र धामीको जोडीलाई

तु खबर संवाददाता
२०७४ माघ १९,शुक्रबार १७:३१
Aof8ldG6gdf ljh]tf rGb / wfdL s}nfnLsf] hfgsL ufpFkflnsfn] b'uf}{nLdf cfof]hgf u/]sf] ? %! xhf/ wg/flzsf] Aof8ldG6g k|ltof]lutfdf pkflw ljh]tf s~rgk'/sf e/taxfb'/ rGb / lbnaxfb'/ wfdL . t:jL/ M z]/axfb'/ l;+x, s~rgk'/, /f;;

भीमदत्तनगर, १९ माघ । कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो ।

पहिलो सेट अन्सारीद्वयको जोडीले २१–१० ले जित्दै अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा चन्द र धामीको जोडीले २१–१२ र २१–१५ ले जित निकाल्दै उपाधि जितेको हो । उपाधि विजेताद्वयलाई जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले रु ५१ हजार नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गर्नुभयो ।

ब्याडमिन्टनमा विजेता चन्द र धामी
कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगितामा उपाधि विजेता कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामी । तस्वीर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस

प्रतियोगितामा दोस्रो भएका इरफान र रियाजको जोडीले रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ४२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कञ्चनपुरकै दिलबहादुर धामी घोषित भए । चन्द र धामीको जोडीले केही दिनअघि कैलालीकै गौरीगंगामा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा रु २१ हजार धनराशिको उपाधि जितेको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*