टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’ :२५ रुपैयाँमा एक घण्टा अनलिमिटेड डाटा, एसएमएस र कल गर्नुस्
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
काठमाडौँ, ६ फागुन । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।
कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो ।
जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक रु २५ मा खरिद गर्न सकिनेछ ।
आजदेखि शुरु भएको फ्रिडम प्याक आगामी फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको सो प्याक चलाउने अवधि सकिएपछि अर्कोपटक फेरि प्याक खरिद गर्न सकिनेछ । एकपटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ । (रासस)