निर्वाचतन सकिएको लामो समय बित्दा पनि निकायले टहरामै सेवा दिँदै

तु खबर संवाददाता
२०७४ फाल्गुन १०,बिहीबार १५:३८

बाजुरा, १० फागुन । स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि ती निकायले भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् ।

जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये चार गाउँपालिकाले टहरामा सेवा दिँदै आएका हुन् । जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, पाण्डवगुफा गाउँपालिका तल्लोध क्षेत्रको गौमुल गाउँपालिकाले टहरामा सेवा दिँदै आएको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताउनुभयो ।

जनप्रतिनिधि आइसकेपछि कार्यालय सञ्चालनका लागि घरसमेत भाडामा लिन बढी रकम खर्च हुने भएकाले टिनको टहरा निर्माण गरी सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको आफ्नै भवन नहँुदा टहरा निर्माण गरी कार्यालय सञ्चालनत गर्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले गुनासो गर्नुभयो ।

गाउँपालिकाको भवनका लागि पहिलो र दोस्रो गाउँसभाबाट भवन निर्माणका लागि आवश्यक बजेट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसमक्ष माग गरिएपनि अझैसम्म उपलब्ध भइनसकेको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।

जिल्लाका बडीमालिका, बूढीनन्दा नगरपालिकाबाहेकका नगरपालिका तथा गाउँपालिका पनि अन्य कार्यालय भवनमा बस्दै आएका छन् । भवन नहुँदा स्थानीय तहका कर्मचारीले एकै कोठामा काम चलाउने गरी आलोपालो दैनिक कार्य गर्दै आएका छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*