स्वर्गीय मदन भण्डारीकै कारण देश अहिलेको अवस्थामा आएको हो–मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७४ फाल्गुन १०,बिहीबार १७:४१

मकवापनुर, १० फागुन । प्रदेश नम्बर ३ का मूख्मन्त्री डोरमणी पौडेलले स्वर्गीय नेता मदन भण्डारीकै योगदानका कारण देश अहिलेको अवस्थामा आएको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले बिहीबार हेटौँडामा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले स्वर्गीय भण्डारीको सिद्धान्तकै बलमा देशले अहिलेको अवस्था देख्न पाएको बताएका हुन् ।

मदन भण्डारी आफ्नो प्रेरणाको स्रोत भएको भन्दै उनले देखाएको बाटोमा अघि बढ्ने समेत उनले बताए । आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको भन्दै पौडेलले जनताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न आफु प्रतिवद्ध रहेको समेत बताए । आफु प्रति ३ नम्बर प्रदेशका जनताले गरेको विश्वास र आसालाई टुट्न नदिने उनले बताएका छन् ।

फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य मन्त्री पौडेल, मकवानपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल र ओम घलानलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*