मुख्यमन्त्री पौडेलले शहिद स्मारकलाई ३ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पर्यटकीय क्षेत्र बनाउने

तु खबर संवाददाता
२०७४ फाल्गुन १०,बिहीबार १८:२९

मकवानपुर, १० फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको शहिद स्मारकलाई ३ नम्बर प्रदेशकै सबैभन्दा ठुलो पर्यटकिय क्षेत्र बनाउने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

बिहीबार हेटाँैडा ११ मा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्मारकलाई प्रदेशकै नमुना पर्यटकीय स्थल बनाउने प्रतिबद्धता जनाएका हुन् । पौडेल उक्त सहकारीका सेयर सदस्य समेत हुन् ।

कार्यक्रममा बोल्दै पौडेलले पदसँग राजधानी साटेको केबल हल्ला मात्रै भएको पून प्रष्ट्याएका छन् । मुख्यमन्त्रि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हिम पौडेल , ११ नं वडा अध्यक्ष गोकर्ण पराजुली लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*