माओवादी निकट ट्रेड युनियनमा गंगा चयन

तु खबर संवाददाता
२०७४ फाल्गुन १२,शनिबार १८:०३

मकवानपुर, १२ फागुन । नेकपा माओवादी केन्द्र निकट संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा गंगा भट्टराई चयन भएका छन् । शनिबार हेटौँडामा भएको जिल्ला सम्मेलनले अध्यक्षमा भट्टराईलाई चयन गरेको हो ।

भट्टराई यस अघि आयोजक समितिका संयोजक थिए । सम्मेलनले भट्टराई अध्यक्ष रहने गरि २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामशरण घिमिरे र रबिन्द्र केसी, सचिवमा विष्णु राना, मनकुमार लामा, प्रमिला न्यौपाने र शुशिला तिमल्सिना तथा कोषाध्यक्षमा ठाकुर दत्त खतिवडा चयन भएको माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

सम्मेलनमा लामो समय मजदुर संगठनमा निरन्तर योगदान पुराएको भन्दै कृष्ण रेग्मी र ध्रुवकुमार घिमिरेलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

केन्द्रीय महासंघका उपाध्यक्ष जय कार्कीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र जिल्ला संयोजक एवं प्रदेश सांसद प्रेमबहादुर पुलामीको विशेष आतिथ्यतामा सम्मेलन भएको हो ।

कार्यक्रममा ट्रेड युनियन महासंघका उपाध्यक्ष सोनालाल शाह, नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य कमानसिं पाख्रिन पृथक, मजदुर ३ नम्बर प्रदेश सहइन्चार्ज जनक शर्मा, प्रदेश संयोजक प्रकाश श्रेष्ठ, नेकपा माओवादी जिल्ला सदस्य जंगबहादुर बि.क., सिताराम न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*