वाइसिएलमा पाचेमगर अध्यक्ष

–राजु तामाङ
तु खबर संवाददाता
२०७४ फाल्गुन १२,शनिबार १८:५४

मकवानपुर, १२ फागुन । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएल सर्लाही जिल्ला कमिटिको अध्यक्षमा सञ्जय पाचे मगर चयन भएका छन् । शनिबार भएको पाँचौ जिल्ला सम्मेलनबाट मगरको अध्यक्ष रहने गरि ६१ सदस्यीय नयाँ कमिटि चयन गरिएको वाइसिएल सर्लाहीले जानकारी दिएको छ ।

कमिटिको उपाध्यक्षमा शुशिल न्यौपाने र रामप्रबेश राय, सचिवमा गजेन्द्र महतो ,सहसचिवमा दिपक लामा र कोषाध्यक्षमा लिलाकुमारी मोक्तान चयन भएको नव निर्वाचित सह सचिव दिपक लामाले जानकारी दिए ।

पूर्व शान्ति मन्त्री बिश्वनाथ साहको प्रमुख आतिथ्यतामा जिल्लाको ब्यापारिक नगर बरहथवाको उद्योग बाणिज्य संघको सभा हलमा सम्मेलन भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै पूर्व शान्ति मन्त्री साहले युवा भनेको पार्टी र राज्यको परिवर्तनको संवाहक भएको बताए । उनले सबै युवाहरु राज्यमा परिवर्तन र देश निर्माणमा एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अच्चुतम काफ्ले , विश्वजीत डिसी ,रामपृत यादव, ,अर्जुन पन्त ,वाईसिएलका केन्द्रिय महासचिव तथा दुई नम्बर प्रदेश संयोजक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*