प्रदेश ३ को प्रदेशसभा बैठक आज, प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन पेश हुने

तु खबर संवाददाता
२०७४ फाल्गुन १३,आईतवार १३:३९

-चन्द्र घलान
मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडामा आज प्रदेशसभा बैठक बस्दैछ । फागुन १३ गते दिउँसो ४ बजे बस्ने गरि गएको माघ २८ गते स्थगित गरिएको बैठक आज निर्धारित समयमा हुने प्रदेशसभा सचिव भरत कुमार बुढाथोकीले जानकारी दिए ।

आजको बैठकको सम्भावित कार्य सूचि समेत प्रदेश सभा सचिवालयले प्रकाशित गरिसकेको छ । प्रकाशित कार्य सूचि अनुसार आज दिउँसो ४ बजेबाट सुरु हुने बैठकमा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्री नियुक्त सम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसको लगत्तै सभामुख श्रेष्ठले नै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद गठन तथा कार्य विभाजन सम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

पत्र पढेर सकिएपछि प्रदेश सभा नियमावली समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले ‘प्रदेश नम्बर ३ को प्रदेश सभा नियमावली २०७४’ को मस्यौदा प्रतिवेदन पेश गर्ने कार्य तालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*