माओवादी केन्द्र कैलाश गाउँपालिका कमिटिको अध्यक्षमा बालकुमार मल्ल चयन
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/Balkumar-Malla_Tukhabar.jpg)
कैलाश,१३ फागुन । नेकपा माओवादी केन्द्र मकवानपुरको कैलाश गाउँपालिकाको कार्यसमति अध्यक्षमा बालकुमार मल्ल चयन भएका छन् । गाउँपालिकाको कालिकाटारमा भएको सम्मेलनले मल्लको अध्यक्षतामा ३७ नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लालसिं गुरुङ, जीवन थिङ र डबल गोले रहेका छन् । त्यस्तै सम्मेलनले सह सचिवमा नमुना चेपाङ,भिम मोक्तान र कोषाध्यक्षमा बुद्धिमाया घलान चयन भएका छन् । समितिका सदस्यहरुमा देवलाल बल,बालचन्द्र मल्ल,मनोज प्रजा लगायत रहेका छन् । सचिवको भने बैठकले टुङ्गो लगाउने अध्यक्ष मल्लले बताए ।
सम्मेलन प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा प्रदेशसभा सदस्य ओम घलानको विषेश आतिथ्यता रहेको थियो । सम्मेलनमा शहिद परिवारका सदस्य अक्कल बहादुर कार्की,माओवादी कैलाशका नेता नरेन्द्र रिजाल,भिमफेदी गाउँपालिका माओवादी सदस्य दिपक वाईबा लगायतको आतिथ्यता रहेको थियो ।