माननीयको ‘हिन्दी मोह’ : मातृभाषा छाडेर हिन्दीमा सपथ

काठमाडौं–प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यले फागुन भोलि गते सपथ लिँदैछन् ।
सवै सदस्यले आफुले कुन भाषामा सपथ लिने भन्ने जानकारी संसद सचिवालयमा गराईसकेका छन् । यसका लागि सचिवालयले शुक्रवारसम्म निवेदन मागेको थियो ।
३३४ संसदमध्ये ४२ जनाले विभिन्न ‘मातृभाषा’ मै सपथ लिने निवेदन दिएका छन् ।
नेपाली भाषापछि सबैभन्दा बढी १७ जनाले ‘मैथिली’ भाषामा सपथ लिँदैछन् ।
त्यसपछि हिन्दीमा नौजना संसदले सपथ लिँदैछन् ।
हिन्दी भाषामा सपथ लिने अधिकांश संसदको मातृभाषा चाहिँ ‘हिन्दी’ होइन ।
र, ‘हिन्दी’ मा सपथ लिन निवेदन दिएका नोमध्ये आठजना राष्ट्रिय जनता पार्टी नेपालका संसद छन् ।
राजपा नेपालका नेपालका अध्यक्ष मण्डलका सदस्यद्धय राजेन्द्र महतो र अनिलकुमार झाको ‘हिन्दी’ भाषामा सपथ लिदैछन् ।
राजेन्द्र महतोको मातृभाषा ‘वज्जिका’ हो ।
अनिलकुमार झाको मातृभाषा ‘भोजपुरी’ हो ।
तर, उनीहरु ‘हिन्दी’ मा सपथ लिँदैछन् ।
सहयोगीका अनुसार राजेन्द्र महतले आफ्नो घरमा ‘वज्जिका’ भाषा प्रयोग गर्छन् ।
अनिल झा गाउँ घरमा ‘भोजपुरी’ र ‘वज्जिका’ को समिश्रण भाषा प्रयोग गर्छन् । उनले काठमाडौं घरमा ‘हिन्दी’ भाषा प्रयोग गर्छन् ।
राजपा नेपालका सहअध्यक्ष लक्ष्मण लाल कर्ण पनि ‘हिन्दी’ भाषामा सपथ लिँदैछन् ।
तर, उनको मातृभाषा ‘भोजपुरी’ हो ।
उनी आफन्तसँग पनि ‘भोजपुरी’ मै कुरा गर्छन् ।
त्यस्तै राजपाका प्रमोद साह पनि ‘हिन्दी’मै सपथ लिँदैछन् ।
तर उनको मातृभाषा ‘वज्जिका’ हो ।
त्यस्तै, सरिता गिरी, रानी मण्डल, चन्दा चौधरी, अमृत अग्रहरी पनि ‘हिन्दी’ मै सपथ लिँदैछन् ।
फोरम नेपालकी सरिता गिरी ‘हिन्दी’ बोल्न मन पराउँछिन् । उनको माइती भारत हो । तर, उनको घरमा अधिकांश सदस्यले नेपाली भाषा प्रयोग गर्छन् । सप्तरीकी रानी मण्डल, महोत्तरीकी चन्दा चौधरीको मातृभाषा ‘मैथिली’ हो ।
‘मैथिली’ भाषामा राजपा नेपाकला अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजकिशोर यादव, वृषेशचन्द्र लाल (राष्ट्रसभा), दुलारी देवी खाँर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम नेपालकै रेणु यादव, उमाशंकर अरगरिया, डा.सूर्यनारायण यादव, डा.सुरेन्द्रकुमार यादव, माओवादी केन्द्रका मातृका यादव, दिल कुमारी, सुरेन्द्र दास यादव, इन्दुकुमारी शर्मा लगायतले सपथ लिँदैछन् ।
उनीहरु सवैको मातृभाषा ‘मैथिली’ हो । माओवादी केन्द्रकी इन्दुकुमारी शर्मा पहाडी समुदायकी हुन् । उनको माओवादी केन्द्रका नेता रामकुमार शर्मासँग विवाह भएको छ । इन्दु शर्माले घरमा प्रयोग गर्ने भाषा नेपाली हो । तर, घरका अन्य सदस्य मैथली भाषा प्रयोग गर्छन् । त्यसैले उनले मैथिली भाषामा सपथ लिदैछिन् ।
त्यस्तै, राजपा नेपालका अध्यक्ष मण्डल सदस्य महेन्द्र राय यादव र फोरम नेपालका रामपृत पासवानले आफ्ना मातृभाषा ‘वज्जिका’मा सपथ लिने भएका छन् ।
‘भोजपुरी’ मातृभाषा भएका फोरम नेपालका प्रदीप यादव, रामसहाय यादव, हरिनारायण प्रसाद रौनियार र राजपा नेपालका अकवाल मियाले पनि आफ्नै मातृभाषामा सपथ लिँदैछन् ।
दुई नम्बर प्रदेशमा ४४ प्रतिशतले मैथिली भाषा प्रयोग गर्छन् । १९ प्रतिशत भोजपुरी, १४ प्रतिशत बज्जिका, ७ प्रतिशत नेपाली, ४ प्रतिशत थारु, १.८२ प्रतिशत उर्दु भाषा प्रयोग गर्छन् भने ०.१८ प्रतिशतले मात्र हिन्दी भाषा मातृभाषाको रुपमा प्रयोग गर्छन् ।
– तस्बिर तथा सामग्री रातोपाटीबाट