काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

तु खबर संवाददाता
२०७४ फाल्गुन २१,सोमबार १३:४९
फाइल फोटो

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ ।

केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

मतदान गर्दै सभापति देउवा
नेपाली काँग्रेसका सभापति तथा पार्टी संसदीय दलका उम्मेदवार शेरबहादुर देउवा सोमबार काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान गर्नुहुँदै । तस्बिर रोशन सापकोटा , रासस

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*