२५ मिटर सडक खण्ड भत्काउन सुरु

तु खबर संवाददाता
२०७४ चैत्र २,शुक्रबार १९:२१
फाइल फोटो

रौतहट, २ चैत । रौतहटको चन्द्रपुर नगरपालिकाले पुर्व पश्चिम राजमार्गको २५ मिटर सफाई तथा सवारी व्यावस्थित अभियान सुरु गरेको छ । बिहिबारबाट चन्द्रपुर नगरपालिका ,सडक डिभिजन कार्यालय ,जिल्ला ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको संयुक्त प्रयासमा चन्द्रपुर नगरपालिकाको ४ नम्बर वडामा पर्ने पुर्व पश्चिम राजमार्गको २५ मिटर भित्र बनेका भौतिक संरचना हटाउने काम सुरु भएको भएको रौतहटबाट संचारकर्मी उपेन्द्र गोलेले जानकारी दिएका छन् ।

व्यवस्थित पार्किङको लागि चन्द्रनिगाहपुरको टेकानमा रहेको बसपार्क संचालनमा ल्याउने कामको थालनी समेत गरिएको छ । व्यवस्थित नगरपालिका बनाउने कामको थालनी अन्तर्गत पहिलो चरणमा बसपार्क संचालनमा ल्याउने र अतिक्रमित २५ मिटर खाली गराउने काम सुरु भएको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले बताए ।

चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रनिगाहपुर स्थित नेपाल बैंक नजिकै गौर जाने बस ,म्याजिक ,ई रिक्सा र टाटा सुमोको काउण्टर रहेका कारण सो स्थानमा कुनैपनि बेला दुर्घटना हुने सम्भावना बढेको भन्दै स्थानीयको चर्को दवाब पछि चन्द्रपुर नगरपालिकाको कार्यालय व्यवस्थित पार्किङ बनाउनका लागि २५ मिटर सफा गर्ने र टेकान बसपार्क संचालनमा ल्याइएको हो ।

२५ मिटर सफाई अभियानको पहिलो चरण अन्र्तगत २५ मिटर भित्र पर्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको पर्खाल भत्काईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोईरालाले जानकारी दिए । चन्द्रपुर नगरपालिकाको कार्यालयले पुर्व पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डको बिभिन्न स्थानमा अव्यवस्थित रहेका ठेला गाडालाई समेत अबका दिनमा जथाभावि राखेमा समातेर कार्वाही गर्ने निर्णय गरेको संचारकर्मी गोलेले बताए ।

चन्द्रपुर नगरपालिकामा जनप्रतिनिधि आएपछि पहिलो पटक व्यवस्थित नगरपालिका बनाउने अभियान अन्र्तगत बसपार्क संचालन र व्यावस्थित सवारी पार्किङ , २५ मिटर सफाई अभियान थालेको हो । आगामी दिनमा नगरपालिकाले मनपरी पार्किङ गर्ने सवारी साधान र पुर्व पश्चिम राजमार्गमा गाडी रोकिन साथ गाडीको चारैतिर लाग्ने ठेलागाडा ब्यापारीलाई कार्वाही गर्ने निर्णय गरेको चन्द्रपुर नगरपालिकाको वडानं ४ का वडाअध्यक्ष अमरबहादुर आलेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*