सौताको रिसमा छोराछोरी जलाउने आमाको वास्तविकता यस्तो
तु खबर संवाददाता
२०७४ चैत्र ५,सोमबार १५:११
रामेछाप, ५ चैत । बाँसले छेकेको जस्ताको छानो भएको कटेजमा छोरा छोरी राखी आगजनी गर्दा बच्चाहरुको मृत्यु भएको घटनाको अनुसन्धानको लागि प्रहरीले खाँडादेबि गाउँपालिका–६ पन्नेचौर बस्ने २५ बर्षीया तारा के.सी.लाई पक्राउ गरेको छ ।
ताराले श्रीमान दिलबहादुर खत्रीले कान्छी श्रीमती विवाह गरी कान्छीसंगै बसोबास गर्ने गरेको र आफुसंग राम्रो सम्बन्धमा नभएको भनी ४ वर्षीय छोरा बिपिन खत्री र २ वर्षीया छोरी रमिता खत्री समेतलाई कटेज भित्र राखी आइतबार राति आगजनी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।