आगलागी हुँदा करिब ३४ लाख क्षति

तु खबर संवाददाता
२०७४ चैत्र ५,सोमबार १५:१७

काठमाडौं, ५ चैत । मुलुकका विभिन्न स्थानमा भएको आगालागीमा करिब ३४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित गुईचे सामुदायिक वनमा आइतबार लागेको आगो बस्तीमा फैलिएर झप्पडबहादुर खड्काको फुसको छानो भएको घरमा आगलागी हुँदा घर, कच्ची गोठ, मचान र नगद २० हजार रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करीब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

रौतहटको फतुवाबिजयपुर नगरपालिका–५ सन्तपुर दोस्तिया गाउँ बस्ने शेख ताहिर र शेख युनुसको संयुक्त एक तले कच्ची घरमा आइतबार आगलागी हुँदा करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१३ गबडिया बस्ने भुमिसुधार चौधरीको दुईतले खरले छाएको कच्ची घरमा आइतबार आगलागी हुँदा घर पूर्णरुपमा जलेर करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

मोरङको रंगेली नगरपालिका–५ ओमन चौक बस्ने दिनेश पण्डितको फुसको छानो भएको घरमा आइतबार आगलागी हुदाँ घर पूर्णरुपमा जलेर करीब ३ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक आनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*