बकैया गाउँपालिकाको दोस्रो गाउँ सभा : फरक–फरक कानुन निर्माणको तयारी हुँदै

तु खबर संवाददाता
२०७४ चैत्र ७,बुधबार १८:३८

-यादव चौलागाईं
मकवानपुर, ७ चैत ।
मकवानपुरको बकैया गाउँपालिकाको दोस्रो गाउँ सभा आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा सुरु भएको दोस्रो गाउँ सभाले संसोधित नीति तथा कार्यक्रम लगायत विभिन्न ऐन कानुनी विधेयकहरुमाथि छलफल सुरु गरेको छ ।

सभामा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले समग्र गाउँपालिकाको आर्थिक नीति तथा राजश्व सम्बन्धि विधेयक प्रस्तुत गरेका थिए । सभामा कार्यपालिका सदस्य रामबहादुर मोक्तानले स्वास्थ्य सम्बन्धी नीति र कार्यपालिका सदस्य सोमबहादुर तिमल्सिनाले गाउँ शिक्षा नीति प्रस्तुत गरेका थिए । त्यस्तै राजन दङ्गालले सहकारी नीति, फुलबहादुर भोम्जनले कृषि ऐन, लक्ष्मी माझीले न्यायिक बिधेयक तथा गोपाल न्यासुरले आ–आफ्नो नीति तथा तोकिएको विधेयक सभामा प्रस्तुत गरेका थिए ।

आज बुधबारबाट चलेको सभा प्रस्तुत विधेयक माथी दफावार छलफल गर्दै शुक्रबारसम्ममा पारित पारित गरेर समापन गरिने योजना रहेको छ ।

सभामा बकैयाका निर्वाचित ६२ सदस्यीय निर्वाचित पदाधिकारी तथा मनोनित ४ सहित जनप्रतिनिधि सहभागी छन् । विभिन्न कानुन तथा विधेयक निर्माणमा कोसेढुङ्गो मानिएको सभामा प्रशासकीय अधिकृत ताराप्रसाद आचार्य लगायत विभिन्न शाखा महाशाखा कर्मचारीहरुले सहजीकरण गर्दैछन् ।

राष्ट्रिय गौरवको महत्वाकांक्षी सडक तराइ मधेश द्रुत मार्ग तथा धरान–चतरा हेटौंडा सडक सञ्जालको मध्य भागमा पर्ने बकैया गाउँपालिकाको सामरिक महत्वको रुपमा रहेको छ भने विकट अवस्थामा रहेको १२ वडा मा ६ करोडको सडक सञ्जाल समेत उपभोक्ता समिति मार्फत निर्मांणाधिन छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*