विद्यालयबाट घर फर्केकी १२ वर्षीया बालिकाको बलात्कार

तु खबर संवाददाता
२०७४ चैत्र ७,बुधबार १९:४०
सांकेतिक तस्बिर

वीरगंज, ७ चैत । पर्सा जिल्लामा १० वर्षीय बालिकाको बलात्कार भएको दुई साता बित्न नपाउँदै फेरी एक नाबालिका बलात्कृत भएकी छिन् । पटेर्वा सुगौली गाउँपालिका ५ निचुटामा १० वर्षीया नाबालिकामाथि बालात्कार भएको दुई साता पनि नबित्दै जिल्लाको पर्सागढी नगरपालिकामा अर्को घटना सार्वजनिक भएको हो ।

विद्यालयबाट घर फर्केर पोशाक बदल्न लागेकी १२ वर्षीया नाबालिकालाई घरमा कोही नभएको मौका छोपेर छिमेककै एक युवाले बलात्कार गरेको पर्सा प्रहरीले जनाएको छ । पसौगढी नगरपालिका–३ झबराहा निवासी १२ बर्षीया बालिकालाई बलात्कार गर्ने स्थानीय सीताराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार पछि पिडीत बालिकाले अभिभावक घर फर्केपछि घटनाबारे जानकारी गराएकी थिईन् । । अभिभावकले तत्कालै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिए । पक्राउ परेका पौडेललाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उनले बताए । पीडित बालिकाको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*