जिल्ला प्रशासन मकवानपुरमा भित्र खाली , बाहिर अस्तव्यस्त सवारी पार्किङ (भिडियो सहित)

तु खबर संवाददाता
२०७४ चैत्र ९,शुक्रबार ०७:५७
Featured Video Play Icon

बलराम पुडासैनी
मकवानपुर, ९ चैत ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरको कार्यालय अगाडि सडकमा सवारी पार्किङ अस्तव्यस्त रुपमा भइरहेको छ । सडकनै अबरुद्ध हुने गरी सवारी पार्किङ हुँदा समेत त्यसको व्यवस्थापनमा भने सिडिओको ध्यान गएको छैन् । सिडिओ कार्यालय परिसरमै पर्याप्त ठाउँ भएपनि नियमनकारी निकायका प्रमुखले नै गेटमा ताला लगाएर अत्यन्त चाँप रहने सडकमा सवारी पार्किङ गर्न लगाउँछन् ।

त्यसोत यस बिषयमा कार्यालयका प्रमुखलाई जानकारीनै नभएको भने हैन । सर्वसाधारणको गुनासो पनि नआएको हैन । यस बिषयमा तु खबरले पुुष २० गते समाचार प्रकाशन पनि गरेको थियो जसमा मकवानपुरका सिडिओ चक्रबहादुर बुढाले सवारी कार्यालय हाताभित्रै प्रवेश गर्न पाउने व्यवस्था मिलाउने जनाएका थिए ।

काम विशेषले सिडिओ कार्यालय, जिल्ला अदालत लगाएतका सरकारी कार्यालयमा जाने सर्वसाधारणले पार्किङ गर्ने ठाउँ पाउँदैनन् । सवारी राख्न ठाउँ नभएको होइन, तर अहिले पनि प्रशासन सेवाग्राहीमैत्री छैन । मूल गेटमा प्रहरी राखेर सडकमै सवारी पार्किङ गराइरहेको छ सिडिओ कार्यालयले
हाल मुख्यमत्री तथा मन्त्रीपरिषदको कार्यालय , क्षेत्रिय प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय लगाएतका कार्यालयहरुमा सर्वसाधारण सोहि बाटो हुँदै आवत जावत गर्दा पनि सडकमा पार्किङ गरीएको सवारीको चापका कारण सवारी जामनै पर्नेगरेको सेवाग्राहिहरु बताँउछन् ।

कार्यालयको हाताभित्र सवारी पार्किङ्को लागि पर्याप्त स्थान छ । तर सिडिओ कार्यालयले सवारी पार्किङ्को लागि कार्यालय हाताभित्र सवारी साधन प्रवेश गर्न भने दिँइदैन । जसका कारण सवारी साधनहरु सडकनै छेक्ने गरी पाकिङ गर्नुपर्ने वाध्यता छ । अहिले सुरक्षा थ्रेट हुने कुनै अवस्था छैन । संकटकालमा जस्तो सवारीलाई गेटबाहिरै रोक्न पर्ने उपयुक्त कारण पनि छैन । सेवा लिन आउनेहरु असुरक्षित पार्किङ गर्न बाध्य छन् । ठूलाबढाले कार चढेर आए भने सो कार चाहिँ सिडिओ कार्यालयको कम्पाउण्डभित्र पार्किङ गर्न पाउँछ । तर सर्वसाधारण बाहिरै सवारी पार्किङ गराउन बाध्य छन् । यस बिषयमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*