मेयर नै एसईईको अनुगमनमा
चितवन, १२ चैत । चितवनको भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहालले सोमबार जिल्लाको एक विद्यालयमा भइरहेको एसईई परिक्षाको अनुगमन गरेका छन् । उनले नारायणी उच्च मावि भरतपुरको अनुगमन गरेका हुन् । एसइइ परिक्षा २०७४ को आज तेस्रो दिन नारायणबी उच्च मावि भरतपुरमा मेयर रेनु दाहाल, भरतपुर १० का वडा अध्यक्ष अरुपिडित भण्डारी तथा पत्रकारको टोलीले अनुगमन गरेको हो ।
विद्यालयमा परिक्षा शान्तिपुर्ण ढङगबाट अगाडी बढिरहेको विद्यायका प्रधानध्यापक पुर्ण प्रसाद दवाडी जानकारी गराएका थिए । सो क्रममा मेयर दाहालले विद्यालयको शैक्षिक गतिविधीको बारेमा जिज्ञासा समेत राखेका थिए ।
विद्यालयको स्तरउन्नतिको लागि भरतपुर महानगरपलिकाले गर्नु पर्ने सहयोगमा कमी हुन नदिने समेत उनले उल्लेख गरेकी छिन् ।