मुख्यमन्त्री पौडेलसँग ठोरीवासीको माग : ‘हामीलाई प्रदेश ३ मै गाभ्नुस्’

तु खबर संवाददाता
२०७४ चैत्र १२,सोमबार १५:५८

पर्सा, १२ चैत । पर्साका ठोरीवासीले आफुहरुलाई प्रदेश नम्बर २ बाट प्रदेश नम्बर ३ मा गाभ्न आग्रह गरेका छन् । ठोरी नाकाको स्थलगत अवलोकनमा पुगेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग उनीहरुले त्यस्तो आग्रह गरेका हुन् ।

ठोरी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको गुनासो पोख्दै मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनुपर्ने बताए ।

ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटाले लोकतन्त्रमा जनताको भावनाको सम्मान हुने भनिएपनि ठोरीका जनताको चाहाना र भावनाको अहिलेसम्म कदर नभएको दुखेसो गरे । मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यले गर्नुपर्ने भन्दै प्रदेश ३ का लागि पनि एक नाकाको आवश्यकता रहेको बताए ।
उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने बताए । साथै सरकारले एक आयोग गठन गरी सीमा हेरफेर गर्नुपर्ने धारणा समेत राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*