दाउराको बहाना गर्दै वनबाट काठ तस्करी

तु खबर संवाददाता
२०७४ चैत्र १३,मंगलवार ११:५६

उपेन्द्र गोले
रौतहट, १३ चैत ।
रौतहटको एक सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको नाममा काटेको काँचो रुखलाई दाउरा भन्दै तस्करी गर्न थालिएको पाइएको छ ।

चन्द्रनिगाहपुरमा रहेको हातेमालो सामुदायीक वनमा काटिएको काँचो रुख दाउराको नाममा जिल्लाको दक्षिणी भेगमा बिक्रि बितरण हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् । सो स्थानबाट वन कर्मचारीको मिलेमतोमा आईतबार राती २ ट्रेक्टर दाउराको मूनि काँचो सालको गोलिया हालेर जिल्लाको दक्षिणी भेग तिर लगिएको स्थानीय बासिन्दाले बताएका छन् ।

बिभिन्न नगरपालिका तथा वडा कार्यालयबाट दिईने सिफारिसका आधारमा लगिने दाउराको नाममा समेत स्थानीय चिरान मिलमा काठ पुग्ने गरेको छ । वन कर्मचारी र साझेदारी वनका हेरालुको मिलेमतोमा एउटा दाउराको पुर्जिमा तिन पटक सम्म काठ चिरान मिलमा पुग्ने गरेको बताइएको छ ।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख दिर्घनारायण कोईरालाले भने त्यसरी दाउराको नाममा काठ गएको भेटिएमा सम्बन्धीत वन कर्मचारीलाई कार्वाही गर्ने बताएका छन् । जिल्लाको वन बिभिन्न बाहानामा फँडानी गर्ने क्रमजारी रहेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*