टावर बिग्रिएपछि एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

तु खबर संवाददाता
२०७४ चैत्र १८,आईतवार १२:०६

बाजुरा, १८ चैत । नेपाल टेलिकमको टावर ब्रिगीएपछि बाजुराको उत्तरी भेगमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको टावर बिग्रिएपछि सेवाग्राही मार्कामा परेका हुन् ।

नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्कविहीन बनेको हो । लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्कविहीन बन्नु परेको हो । नेपाल टेलिकमले उक्त टावर निर्माणको लागि टोली पठाइसकेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*