हेटौँडा आउँदै गरेको अटोमा घाईते मृग, ३ जना पक्राउ

हेटौँडा, २८ बैशाख । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडातर्फ आउँदै गरेको अटोमा घाईते मृग भेटिएपछि ३ जनालाई नियन्त्रणमा लिएको छ ।
बैशाख २७ गते राति करिब सवा ८ बजेको समयमा हेटौँडा–१९ नेवारपानी स्थित सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना २ ह १५१३ नम्बरको अटोलाई रोकी जाँच गर्दा सोही अटोको सिटमुनि लुकाई छिपाई घाईते मृगलाई ल्याईरहेको अवस्थामा हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुर बस्ने बर्ष २५ को आशिष लामा, २८ वर्षीय सरोज तामाङ र १९ वर्षीय अनिल तामाङलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई अटोसहित नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि जिल्ला बन कार्यालय मकवानपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।