हेटौँडामा १६ जनालाई मोबाईल मर्मत तालिम

तु खबर संवाददाता
२०७५ बैशाख २८,शुक्रबार १८:३६

हेटौँडा, २८ बैशाख । मकवानपुरको हेटौँडामा ३ सय ९० घण्टे मोवाईल मर्मत तालिम शुरु भएको छ । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा युवा सिप तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत तालिम शुरु भएको हो ।

युवाहरुलाई सिपयुक्त बनाई अर्थोपार्जनमा सहयोग गर्ने उद्देश्यले संचालन गरिएको तालिममा १६ जना युवाहरुको सहभागिता छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता एवं जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको छ । कार्यक्रममा युवा समितिका सदस्य रामकृष्ण थापा, मकवानपुर मोवाईल एशोसियसनका अध्यक्ष एसिस रिजाल, कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका प्रवन्ध निर्देशक सरोज कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*