मकवानपुरबाट ३ सय लिटर घरेलु मदिरा र ठूलो परिमाणमा कच्चा पदार्थ जफत

तु खबर संवाददाता
२०७५ जेष्ठ ३,बिहीबार २०:०५

हेटौँडा, ३ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले जेठ २ र ३ गते दुई दिनमा मकवानपुरका विभिन्न स्थानहरुबाट करिब ३ सय लिटर घरेलु मदिरा जफत गरेको छ । साथै ती अबैध घरेलु मदिरालाई सम्बन्धित कार्यालयतर्फ कारबाहीको लागी पठाउने कार्य भइरहेको बताइएको छ ।

जेठ २ गते ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटेको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा मनहरी गाउँपालिका ५ बस्ने बिरेन्द्र मगरको घरबाट करिब १०० लिटर घरेलु मदिरा जफत गरेको छ । जेठ २ गते नै प्रहरी चौकी ठुलोदमार र गोरक्ष्य माध्यमिक विद्यालय समेतको संयुक्त १५ जनाको टोलीले हेटौँडा– १८ का बिभिन्न एरियामा रहेका होटल, मदिरा भट्टी रहेका स्थानको खोज तलासी गर्ने क्रममा तयारी घरेलु मदिरा करिब ६० लिटर , मदिरा तयार गर्ने कच्चा पदार्थ करिब २०० लिटर र सानो ठुलो गरी १८ वटा ड्रम समेत नियन्त्रणमा लिएको छ ।

जेठ २ गते नै प्रहरी चौकी चौकिटोलबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१ स्थित सडकमा जाँच गर्दा ना १ ह ७०२३ नम्बरको अटोबाट घरेलु मदिरा करिब २० लिटर नियन्त्रणमा लिएको छ । त्यस्तै सोही दिन ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले मनहरी बजार क्षेत्रमा रहेका होटलहरुमा जाँच गर्दा घरेलु मदिरा करिब ८० लिटर नियन्त्रणमा लिएको छ ।

त्यस्तै जेठ ३ गते प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ स्थितबाट बेवारिसे अवस्थामा रहेको घरेलु मदिरा करिब २५ लिटर फेला पारेको छ । त्यस्तै सोही दिन नै ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटेको प्रहरी टोलीले हेटौँडा– १९ स्थित दारिमटारबाट बेवारिसे अवस्थामा रहेको घरेलु मदिरा करिब ५० लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*